पत्याउनै नसक्ने अण्डा पर्वतमा


१७ कात्तिक, पर्वत । स्थानीय जातको कुखुराले कति ठूलो अन्डा दिन्छ होला ? तपार्इ हामीले पत्याउनै नसक्ने गरी सदरमुकामका व्यवसायीले पालेको स्थानीय जातको कुखुराले भने १ सय ८१ ग्राम तौल भएको ठूलो अन्डा पारेको छ ।

साधारणतया स्थानीय जातको कुखुराले ५० ग्रामको अन्डा दिने गरे पनि कुस्माबजारको प्रगतिचोकका व्यवसायी विषमकुमार श्रेष्ठले पालेको कुखुराले बिहीबार दिउँसो १ सय ८१ ग्राम तौल भएको अन्डा दिएको छ । कुखुराले पत्याउनै नसक्ने गरी ठूलो तौल र आकारको अन्डा दिएपछि श्रेष्ठको घरमा अन्डा हेर्नेहरूको भिड नै लागेको छ ।

बुधबार सोही कुखुराले जम्मा ४६ ग्राम तौल भएको अन्डा दिएको थियो । ‘सधैँ पार्नेभन्दा तेब्बर ठूलो अन्डा पारेको देखेपछि सुरुमा आफैँ अचम्ममा परेँ’ श्रेष्ठले भन्नुभयो- “पत्याउनै नसक्ने गरी अन्डा पारेपछि अरूलाई पनि यसले अचम्मित बनाएको छ ।”

सामान्यतया स्थानीय जातको कुखुराले ४० देखि ५० ग्राम र उन्नतजातको कुखुराले ७० ग्राम तौलसम्मको अन्डा पार्ने गर्छ तर एकै दिनमा तेब्बरभन्दा पनि ठूलो आकार र तौलको अन्डा पार्ने घटना अनौठो भएको जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख दीर्घनाथ ढुङ्गानाले बताउनुभयो । उहाँले कुखुराले नियमित रूपमा दिनदिनै अन्डा दिनुपर्नेमा दुईचार दिन अन्डा नदिई रोकिएमा ठूलो आकारमा निस्कन सक्ने बताउनुभयो । श्रेष्ठले भने बुधबार र मङ्गलबार पनि उक्त कुखुराले नियमितरूपमा अन्डा दिएको जानकारी दिनुभयो ।

यसबाहेक कुखुराको डिम्बाशयबाट पहेंलो भाग एक पटकमा एउटा मात्रै आउनुपर्नेमा एकै पटक तीनवटासम्म आएमा पनि ठूलो आकार तथा तौलको अन्डा उत्पादन हुन सक्ने बताउनुभयो । “यस्तो कहिलेकाहीँ मात्रै हुन्छ”- उहाँले भन्नुभयो- “यस्तो अन्डा खानका लागि भने उपयुक्त नै हुन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.