Daily Archives: 29/09/2012

नेपाली जन-सम्पर्क समिति, कुवेतले आगामी अक्टुवर १२ मा भलिवल प्रतियोगिता राख्दै..


पढ्नेक्रम जारी राख्नुहोस्

४५ हजार विद्यार्थीले पढ्ने स्कुल


३ सय रुपैयाँ ऋण लिएर सुरुमा ५ जना विद्यार्थी बाट सुरु गरेको एक विद्यालयमा अहिले ४५ हजार विद्यार्थीले पढिरहेका छन् । सायद यो स्कुलले स्थापना कालमा सोँचेको थिएन की कुनै दिन यो विश्वकै सबैभन्दा धेरै विद्यार्थी पढ्ने स्कुलको रुपमा गिनिज बुकमा नाम लेखाउनेछ । तर अन्ततः भारतको लखनउस्थित सिटी मन्टेश्वरी स्कुल सबैभन्दा धेरै विद्यार्थीले पढ्ने स्कुलको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अब फेसबुकबाटै साथीलाई उपहार


फेसबुक अनलाइन व्यापारमा प्रवेश गरेको छ । फेसबुकले यस्तो अनलाइन सेवा सुरु गरेको छ जसबाट प्रयोगकर्ताले आफ्ना प्रियजनलाई केवल शव्द मात्र होइन साँच्चीकै उपहार पठाउन सक्नेछन् । फेसबुकले सुरु गरेकोे गिफ्ट नामक अनलाइन सेवाबाट तपाइँले आफ्नो साथीलाई चाहेको उपहार पठाउन सक्नुहुनेछ । बिहिबार अमेरिकामा लञ्च भएको यो सेवा यो महिनाभित्रैमा अझै परिस्कृत भएर अन्य देशमा पनि लागु गरिने फेसबुकले बताएको छ । अमेरिकी फेसबुक प्रयोगकर्ताले यो सेवाको उपयोग गर्दै आफ्ना साथीलाई फेसबुकमार्फ उपहार पठाउन थालेसँगै अर्को महिनादेखि नै गिफ्ट सेवालाई परिस्कृत गरिँदै लगिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

एयर होस्टेस बनेको छ महिनामै…


मधुसुधन गुरागाईं, बनेपा, असोज १३- सीता एयरमा गत चैतदेखि एयर होस्टेसका रूपमा काम थालेकी थिइन् रुजा शाक्यले। बनेपा-१० की शाक्यको सानैदेखिको सपना थियो- एयर होस्टेस बन्ने। दुई दिदी र एक दाजुपछिकी कान्छी रुजाले बिदा सकेर असोज ८ गते ड्युटी जाने बेला घरमा रहेका कान्तिपुर फाइनान्सका प्रबन्धक पुष्पराज कोइरालालाई आफूले पाउने फ्री टिकटमा माउन्टेन फ्लाइट लैजाने वचन दिएकी थिइन्। ‘अंकल, वर्षको ६ वटा टिकट फ्री पाइने रहेछ, ममी-ड्याडीसँगै तपाईंलाई पनि लैजान्छु है,’ रुजाले अन्तिमपटक भनेको सम्झँदै कोइरालाले भने। पढ्नेक्रम जारी राख्नुहोस्

कङ्ग्रेस सभापति सुशील कोइराला सहभागी भेलामा झडप


बालकृष्ण अधिकारी, काठमाडौं, असोज १३ – नेपाली कङ्ग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ को भेलामा पार्टी सभापति सुशील कोइरालामाथि आक्रमण गर्ने प्रभाश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झ्यालको फ्रेमले सभापतिमाथि उनले आक्रमण गरेका थिए। सभापतिलाई बचाउने क्रममा क्षेत्र नम्बर ४ का सचिवद्वय नर्मदा पोखरेल र श्‍याम संगत घाइते भए। पढ्नेक्रम जारी राख्नुहोस्