आफन्तकोमा तीजको दर खान गएका तीनजना वेपत्ता भएका छन्


र्लाबारी, ११ असोज । आफन्तकोमा तीजको दर खान गएका तीनजना वेपत्ता भएका छन् । उर्लाबारी-४ का राजकुमार कुमालकी २० बर्षीया विवाहित बहिनी निरु कुमाल मगर र ६ महिनाकी भान्जी धनकुमारी मगर र ६ बर्षीया छोरी पुष्पा कुमाल एक सातादेखि बेपत्ता भएका हुन् ।
तीजको दर खान भनी उनीहरु उर्लाबारी-६ मंगल’boutस्थित आफन्तको घर गएका र त्यहाँ दर खाएर घर फर्कने भनी उनीहरूले बिदासमेत मागेर हिँडेका थिए । तर उनीहरू अहिलेसम्म पनि घर आइपुगेका छैनन्, न त कुनै सम्पर्क नै गरेका छन् ।
‘अहिलेसम्म बहिनी, छोरी र भान्जीको अत्तोपत्तो छैन’, दाजु राजकुमारले भने, ‘बहिनी निरुले आफ्नी छोरी र मेरी छोरी लिएर आफन्तकोमा तीज मान्न गएकी हो ।’ दिनरात लगाएर खोजिरहे पनि अझै फेला पार्न नसकेको राजकुमारले बताए ।
बिभिन्न संघसंस्था सञ्चारकर्मी, बुद्धिजिवी लगायतलाई खोजीमा सहयोग गरिदिन राजकुमारले अनुरोध गरेका छन्।
यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले हराएकाहरुको खोजी भइरहेको जानकारी दिए ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.