अमेरिकी डिभीका लागि आउँदो हप्ता फारम खुल्ने


११ असोज, अमेरिका । सन् २०१४ को इडिभीका लागि आउँदो साता फारम खुल्ने भएको छ । नेपाली समयअनुसार मंगलबार राती पौने दशबाट अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रममा सहभागी हुन सकिनेछ । अक्टोबर २ मा सुरु हुने यो चिठ्ठा कार्यक्रम नेपाली समयअनुसार सन् २०१२ नोभेम्बर ३ तारिख शनिबार राती राती पौने दश समाप्त हुने अमेरिकी विदेश-विभाग (स्टेट डिपार्टमेन्ट) ले जनाएको छ । डिभीको आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो ।

डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार-प्राप्त ‘ग्रिनकार्ड’ पाउँछन् । बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, हैटी, भारत, जमाइका, मेक्सिको, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (नर्दर्न आयरल्यान्डबाहेक) तथा यसका अधिनका भू-भाग र भियतनामका नागरिकले डिभीमा सहभागी हुन पाउँदैनन् । हङकङ, मकाउ र ताइवानमा जन्मेको व्यक्तिले डिभीमा सहभागी हुन पाउँछ ।

डिभीको परिणाम सन् २०१३ मे १ मा निस्कन थाल्ने विभागले जनाएको छ । अमेरिकाको कंग्रेसले सन् १९९० मा डाइभर्जिटी भिसा प्रोग्राम ल्याएको हो । योभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको स्थायी बासिन्दा हुने आधार छैन । चिठ्ठाका लागि स्नातक तह मात्र पुरा भएको हुनुपर्छ । विशेषज्ञता चाहिन्न । चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको पृष्ठभूमी र स्वास्थ्य हेरिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.