बालकृष्ण अधिकारी, काठमाडौ, असोज ११ -राष्ट्रपति रामवरण यादवले राजनीतिक दलका शीर्षनेतालाई फेरि शीतल निवास बोलाएका छन्। दलहरुले आफ्नो आग्रह पटकपटक अवज्ञा गरे पनि उनले तत्काल सहमतिमा राष्ट्रिय सरकार गठनको दबाब दिन आइतबार दिउँसो दुई बजे छलफल डाकेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/09/2012
अमेरिकी डिभीका लागि आउँदो हप्ता फारम खुल्ने
११ असोज, अमेरिका । सन् २०१४ को इडिभीका लागि आउँदो साता फारम खुल्ने भएको छ । नेपाली समयअनुसार मंगलबार राती पौने दशबाट अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रममा सहभागी हुन सकिनेछ । अक्टोबर २ मा सुरु हुने यो चिठ्ठा कार्यक्रम नेपाली समयअनुसार सन् २०१२ नोभेम्बर ३ तारिख शनिबार राती राती पौने दश समाप्त हुने अमेरिकी विदेश-विभाग (स्टेट डिपार्टमेन्ट) ले जनाएको छ । डिभीको आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आफन्तकोमा तीजको दर खान गएका तीनजना वेपत्ता भएका छन्
र्लाबारी, ११ असोज । आफन्तकोमा तीजको दर खान गएका तीनजना वेपत्ता भएका छन् । उर्लाबारी-४ का राजकुमार कुमालकी २० बर्षीया विवाहित बहिनी निरु कुमाल मगर र ६ महिनाकी भान्जी धनकुमारी मगर र ६ बर्षीया छोरी पुष्पा कुमाल एक सातादेखि बेपत्ता भएका हुन् ।
तीजको दर खान भनी उनीहरु उर्लाबारी-६ मंगल’boutस्थित आफन्तको घर गएका र त्यहाँ दर खाएर घर फर्कने भनी उनीहरूले बिदासमेत मागेर हिँडेका थिए । तर उनीहरू अहिलेसम्म पनि घर आइपुगेका छैनन्, न त कुनै सम्पर्क नै गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार