राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकीकृत माओवादीले संघीयताको कुरा उठाएर देश टुक्राउन खोजेको आरोप लगाउनुभएको छ । राजनीतिक संक्रमण लम्विएर मुलुक गम्भीर संकटमा फस्नुमा सात दल र माओवादीविच भएको १२ बुंदे सहमति जिम्मेवार रहेको बताउनु भयो ।
झापाको विर्तामोडमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १२ बुंदे सहमति नेपालको उग्रवामपन्थी र भारतीय शासक बिचको समझदारी भएकाले त्यसले नेपाललाई धोका मात्र भएको टिप्पणी गर्नुभयो। उहाँले मुलुकमा राष्ट्रियता र प्रजातन्त्र संकटमा परि रहेको वेला वीपीको मेलमिलापको नीति खाँचो रहेको बताउनुभयो।
माओवादीले संघीयताको कुरा उठाएर देश टुक्राउन खोज्यो – कमल थापा
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.