मलेसियामा नेपालीलाई मृत्युदण्ड, पुनराबेदन अस्वीकृत


रामचन्द्र नेपाल
९ असोज, क्वालालम्पुर । लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा मलेसियामा मृत्युदण्डको सजायँ सुनाइएका नेपाली नागरिक हरिबहादुर घलेले (फेडरल कोर्ट)सर्वोच्च अदालतमा गरेको पुनराबेदन खारेज भएको छ । अदालतले आज उनको पुनराबलोकनको निबेदन खारेज गरिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले घलेको जीवन रक्षाका लागि सहयोग संकलन गरि मुद्दा लड्न वकिलसमेत नियुक्त गरेको थियो । खारेजीपछि अब घलेले त्यहाँका राजासमक्ष माफीका लागि आबेदन गर्ने बिकल्पमात्र बाँकी छ । मलेसियास्थित नेपाली दूतावासले उनलाई मृत्युदण्डबाट बचाउन प्रयास गर्दै आएको थियो ।

१२ बर्षअघि रोजगारीका लागि मलेसिया आइपुगेका नुवाकोट बर्सुचेत १ का हरिबहादुर घलेले आफ्नो सम्झौता अबधि सकिएर नेपाल र्फकन लाग्दा लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका थिए । सन् २००३ मा चिनेकै एक नेपालीले दिएको झोलामा राखेर होटलमा बसेको अबस्थामा घले र साजन गुरुङ ८ सय ७५ ग्राम लागूऔषधसहित पक्राउ परेका थिए । मृगौला रोगबाट थलिएका साजनको जेलभित्र मृत्यु भइसकेको छ ।

नेपाली दूतावासले करिव ३० हजार रिंगेट सहयोग संकलन गरि राजपाल सिंहलाई वकिल नियुक्त गरेर मुद्दा लड्न सहयोग गरेको थियो । दूतावास स्रोतका अनुसार अब मलेसियाका राजासमक्ष गरिने आबेदनमात्र हरिबहादुरलाई बचाउने उपाय हुनसक्छ । सो अपिल पनि अस्वीकृत भएमा घलेले मृत्युदण्ड पाउनेछन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.