देश बचाउन पूर्वराजासँग तनहुँबासीको गुहार


समुन्द्र पौडेल, तनहुँ, असोज ९- पूर्वराजा ज्ञानेन्द्र शाहलाई देश बचाउन तनहुँका सर्वसाधारणले गुहार गरेका छन्। एक साता लामो धार्मिक भ्रमणमा निस्किएका पूर्वराजासँग सोमबार तनहुँको दमौलीमा भेटघाटमा सहभागी सर्वसाधारणले पूर्वराजालाई देश बचाउन गुहार गरेका हुन्। एक साता लामो गण्डकी र धवलागिरी अञ्चलका धार्मिक क्षेत्रको भ्रमणमा निस्किएका उनी सोमबार शिव पाञ्चायन मन्दिर र दुर्गा भवानी मन्दिरको पूजाआजाका लागि दमौली आएका थिए। शिवपाञ्चायन मन्दिरमा पूजाआजा पश्चात पूर्वराजा शाहले अतिथी गृहमा सर्वसाधारणसँग भेटघाट गरेका थिए।

‘देश सिद्धिन लागेको छ, जोगउनु पर्‍यो,’ चुडामणि नागिलाले पूर्वराजा ज्ञानेन्द्रलाई भने,’नेपाली भनेर बाच्न नपाउने अवस्थामा पूग्यौ, अब देशलाई जोगाउँने जिम्मा तपाईकै हातमा छ।’ पूर्वराजासंग भेटघाटमा संलग्न अधिकांश सर्वसाधारणले राजा बिनाको देश असम्भव देखिएको भन्दै देश बचाउन आग्रह गरेका थिए। पूर्वराजालाई भेट्न तनहुँको छाङबाट आएका मनकुमार श्रेष्ठले भने,’देश राजा नभएसम्म हुँदै हुँदैन्।’

दमौली बजारका शिवराम पौडेलले देश र जनता खतम अवस्थामा पूगिसकेको भन्दै पूर्वराजाले देशलाई जोगाउन आग्रह गरे। उनले भने,’देश र जनता हजुरकै भरमा छन्, जोगाउनु पर्‍यो।’ लमजुङ परेवाडाँडाका हेरम्बराज सेढाईले हिन्दु राष्ट्र कायम राख्नुपर्नेमा जोड दिए। तनहुँ बेलभञ्ज्याङका अमृत कुवरले देशमा राजा नहुदाँ देश टुहुरो भएको गुनासो पोखे। ‘हामी रानी बिनाको मौरी झै भयौ, आमा बाबु विनाको छोरा जस्तै भयो ‘ उनले भने, ‘राजा सक्रिय भएर देशलाई जोगाउनु पर्‍यो।’

पूर्वराजासँग भेटघाट गरेका युवाहरुले देशमा अशान्ति र बेरोजगारी समस्या बढेको गुनासो पोखेका थिए। ‘देशमा शान्ति छैन्, अधिकांश युवाहरु बेरोजगार भएर बस्नु परेको छ।’ दमौलीका अजय गिरीले भने, ‘युवाहरुलाई रोजगारीका लागि केही सोच्नु पर्‍यो।’ पूर्वराजा ज्ञानेन्द्रले २ सय भन्दा बढि सर्वसाधारणसंग भेटघाट गरेका थिए।

सञ्चारकर्मीसितको भेटघाटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले आफू देशको अवस्था’bout चिन्तित रहेको बताएका थिए। ‘तपाईलाई देशको कत्तिको चिन्ता छ?’ सञ्चारकर्मी सोनी खनियाको प्रश्नमा पूर्व राजा शाहले उत्तर दिदै भने, ‘मलाई पनि तपाईहरुलाई जस्तै देशको चिन्ता छ।’ पूर्वराजाले पत्रकार सम्मेलनमा अन्य कुनै प्रश्नको उत्तर दिएनन्।

बिहानको ११ बजे पूर्वराजा दमौली आइपूग्ने कार्यक्रम तय गरिए पनि झण्डै ४ घण्टा पछि मात्र उनी दमौलीमा झरेका थिए। दमौलीको मेनचोकबाट सफासडकमा लामबद्ध सर्वसाधारणको फूल लिदै पैदलै शिव पाञ्चायन मन्दिरसम्म पूगेका उनले झण्डै २० मिनेट शिवको पूजाआजा गरेका थिए। शाहले पोखरा फर्किने क्रममा दमौली बजारकै दुर्गा भवानी मन्दिरमा समेत पूजाआजा गरेका थिए।

‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ ‘राजा आउँ देश बचाउ’ लगायतका नाराले सोमबार दिउँसो दमौली बजार गुन्जिएको थियो। उनको स्वागतका लागि तनहुँका विभिन्न भेग सहित गोरखा, लमजुङ, कास्कीबाट समेत सर्वसाधारण तनहुँ सदरमुकाम दमौली आएर घण्टौ प्रतिक्षा गरेका थिए।

पूर्वराजा निकट राजावादीले पूर्व राजाको जिल्ला भ्रमणलाई धार्मिक भ्रमणको नामाकरण दिएको भएपनि जिल्लामा क्रियाशिल ८ राजनीतिक दलहरुले भ्रमणविरुद्ध सोमबार बिहान १ घण्टा जिल्लामा चक्काजाम गरेका थिए।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.