प्रचण्ड र ज्ञानेन्द्रको घुम्तीमा जम्काभेट


उजिर मगर, काठमाडौं, असोज ८ – आराम गर्न पोखरा पुगेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व राजा ज्ञानेन्द्र शाहको हिजो बाटोमा जम्काभेट भएको छ। दाहाल स्तुपा नजिक पीस ड्र्यागन होटलमा जाँदै गर्दा बाटोमा जम्काभेट भएको हो। शाह स्याङजाबाट आउँदै गर्दा र दाहाल स्तुपा उक्लिन मोडमा जम्काभेट भएको थियो। साँघुरो बाटोका कारण ५ मिनेट बाटो जाम भएको थियो। जाममा दायाँतिर ज्ञानेन्द्र र दायाँतिर प्रचण्ड थिए।
‘ज्ञानेन्द्र स्याङजाबाट आउँदै रहेछन। हामी यताबाट स्तुपा छेउको लजमा जाने बेला अध्यक्ष कमरेड प्रचण्ड र ज्ञानेन्द्र शाहको बाटोमा जम्काभेट भयो’, एकीकृत माओवादी महाधिवेशन आयोजक समितिका सदस्य प्रकाश पोखरेलले नागरिककर्मीसँग भने। पोखरेलका अनुसार सुरक्षाकर्मीले चाहिँ एकातिर प्रचन्ड र अर्कोतिर पूर्व राजा भएको सूचना साटासाट गरेका थिए ।
दाहाल आइतबार १ बजे गाडीमा दुई दिन आरामका लागि पोखरा पुगेका छन्। दिउँसो कुरिनटार बेम्बो कटेजमा खाजा खाएर साँझ दाहाल पोखरा पुगेका थिए। ज्ञानेन्द्र हप्तादिन अघिदेखि पश्चिम भ्रमणमा छन् । उनी फेवाताल नजिकै फिस्टेल लजमा बसेका थिए ।

दाहालसँग भतिज समीर, सहयोगी शिव खकुरेल, पत्नी सीता र छोरी गंगा साथै गएका छन्। भाइरल ज्वरोले च्यापेका दाहाललाई चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए।

 

 

 

One response to “प्रचण्ड र ज्ञानेन्द्रको घुम्तीमा जम्काभेट

  1. हाहाहाहाहाहाहा:::::::::नेपाल मा खूब हासो राजनिति भाको छ::

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.