अमेरिकाको न्युयोकमा रहेको एक जेलका बन्दी हरुले जेलको लापरवाहीका कारण आफुहरुका दाँत फोहोर भएर सडेको भन्दै ५० करोड क्षतिपूर्तिको माग गरेका छन् । जेल प्रशासनले दाँत सफा गर्ने यन्त्र नराखिदिएको तथा राख्न नदिएकाले आफुहरुका दाँत फोहोर भएर किराले खाएको र एक एकगर्दै र्झन लागेको भन्दै जेलमा रहेका ११ जना कैदीले मोटो रकम क्षतिपूर्ति माग्दै अदालतमा निवेदन दर्ता गरेका हुन् । दाँत किराले खाएकाले बेलाबेलामा दुखेर ठूलो पीडा हुने गरेको उनीहरुको गुनासो छ ।
जेल प्रशासनले भने दाँत सफा गर्ने यन्त्रलाई कतिपय कैदीहरुले हतियारको रुपमा समेत प्रयोग गर्नसक्ने खतरा रहेकाले जेलमा त्यस्तो सामान राख्न नदिइएको स्पष्ट पारेको छ । कैदीहरुले भने अरु जेलमा दाँत सफा गर्ने यन्त्र राख्न दिइएको भन्दै आफुहरुमाथि ठूलो अन्याय भएको बताएका छन् ।
यद्यपि यो जेलमा रहेका कैदीहरुले दिनमा तिन चोटी ब्रसले दाँत सफा गर्ने गर्छन् तरपनि जेलमा दाँतको उपचारको उचित व्यवस्था तथा दाँत र गिँजा सफागर्ने आधुनिक प्रविधि नभएकाले आफुहरुले समस्या भोग्नुपरेको जिकिर गर्छन् ।