जय आले, कुवेत
“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मगर जातिहरुद्वारा अघि सारिएको मुल नारालाई आत्मसात गर्दै, मगर संस्कृति, भाषा, भेष-भूषा एवं जातिय उत्थान तथा संरक्षणको निम्ती सम्पूर्ण कुवेतवासी प्रबासी मगराँतहरु एकजुट हौं र सँघको झण्डामुनी गोलबद्द बनौं भन्ने उद्देश्यका साथ बि. सं. ०१ असार २०६९ तदानुसार १५ जून २०१२ शुक्रबारका दिन, कुवेतको होटल एशिया-एशियामा नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापामगर ज्यूको रोहवर तथा प्रमुख आतिथ्यमा एक बृहत औपचारिक सम्मेलनद्वारा मगर सँघ कुवेतको स्थापना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्