स्वर्गिय गिरीजाप्रसाद कोइराला स्मृती भलिवलको उपाधी मावादीनले चुम्यो


खाँदबारी अशोज ५ ,संखुवासभाको खादबारीमा सञ्चालीत स्वर्गिय गिरीजाप्रसाद कोइराला स्मृती भलिवल प्रतियोगिताको उपाधी सरस्वती मावि मावादीनले चुमेको छ । मावादीनले जनज्योति मावि धुपुलाई एक का विरुद्ध ३ सेटले पराजीत गदै प्रथम उपाधी चुमेको हो । यो सगै धुपु दोस्रो भएको छ । प्रतियोगितामा सरस्वती मावि मावादीनले १६ । २५, २५ । १९, २५ । २०, र २५ । २१ को सेटमा जनज्योति मावि धुपुलाई पराजित गरेको थियो । त्यसै गरि सरस्वती मावि चैनपुरलाई हराउदै ञिवेणी मावि बाह्रविसेले तृतिय स्थान ओगटेको छ । गत बुधवारबाट सुरु भएको भलिवल प्रतियोगितामा विजयी टिमलाई नगद ३३ हजार, २२ हजार, ११ हजार, ४ हजार ४ सय रुपैया नगद सहित एक कार्यक्रम विच शिल्ड, मेडल र प्रमाणपत्रले संम्मान गरिएको थियो । प्रतियोगीतामा बेष्ट लिफ्टर मावादिनका भानु लिंथेप, बेष्ट ब्लकर नुमका मिलन पोख्रेल, बेष्ट स्पाईकार सिभुवाका प्रदिप राई, बेष्ट डिफेन्डर धुपुका नेत्रसिंह काल्पा चयन हुनु भयो । त्यस्तै अनुसासित टिमको स्थान जनज्योती उच्च मावि धुपुले ओगटेको छ भने उत्कृष्ट खेलाडीमा पनि धुपकै टंकबहादुर तामाङ्ग छनौट हुनु भएको सरोज दाहालले जानकारी दिनुभयो । राष्टियता, प्रजातन्त्र, समाजवाद र विधार्थी एकता, हाम्रो आदर्श भन्ने मुल नाराका साथ सञ्चालीत भलिवल प्रतियोगितामा जिल्लाका २१ वटा विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगिताको पुर्व उपप्रधान मन्त्रि एवं नेपाली काग्रेसकी नेतृ सुजता कोईरालाले उद्घाटन गर्नु भएको थियो ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.