काठमाडौ, आश्विन ६ – आसन्न राष्ट्रसंघीय महासभा बैठकका बेला न्यूयोर्कस्थित मुख्यालयमा स्थायी प्रतिनिधि नरहेकाले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई बिशेष जिम्मेवारी लिएर न्यूयोर्क जाने भएका छन् ।राष्ट्रसंघको ६७ औं महासभा बैठकमा सहभागी नेपाली टोलीको नेतृत्व गरेर शनिबार परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ न्यूयोर्क जाँदैछन् । सोही टोलीमा परराष्ट्र सचिव भट्टराई र राष्ट्रसंघ महाशाखाका प्रमुख सहसचिव दीपक धिताल न्यूयोर्क जाने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/09/2012
तहल्का पिट्न सकेन करीनाको ‘हिरोइन’ले
करीना कपूरको बहुप्रतिक्षित फिल्म हिरोइनले बलिउड बक्स अफिसमा सामान्य सुरुवात गरेको छ । शुक्रबार रिलिज भएको दिन हिरोइनले भारतमा मात्र जम्माजम्मी साढे ६ करोड भारु कलेक्सन गर्न सफल भएको छ ।
मधुर भण्डारकरको लेखन तथा निर्देशनमा रहेको हिरोइन भव्यतापूर्वक हलहरुमा लागिरहेको र यसले सुरुको हप्ता अर्थात् आइतबार सम्ममा २० करोड भारु सम्म कलेक्सन गर्ने सम्भावना रहेको फिल्म विश्लेषकहरुले अनुमान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
स्वर्गिय गिरीजाप्रसाद कोइराला स्मृती भलिवलको उपाधी मावादीनले चुम्यो
खाँदबारी अशोज ५ ,संखुवासभाको खादबारीमा सञ्चालीत स्वर्गिय गिरीजाप्रसाद कोइराला स्मृती भलिवल प्रतियोगिताको उपाधी सरस्वती मावि मावादीनले चुमेको छ । मावादीनले जनज्योति मावि धुपुलाई एक का विरुद्ध ३ सेटले पराजीत गदै प्रथम उपाधी चुमेको हो । यो सगै धुपु दोस्रो भएको छ । प्रतियोगितामा सरस्वती मावि मावादीनले १६ । २५, २५ । १९, २५ । २०, र २५ । २१ को सेटमा जनज्योति मावि धुपुलाई पराजित गरेको थियो । त्यसै गरि सरस्वती मावि चैनपुरलाई हराउदै ञिवेणी मावि बाह्रविसेले तृतिय स्थान ओगटेको छ । गत बुधवारबाट सुरु भएको भलिवल प्रतियोगितामा विजयी टिमलाई नगद ३३ हजार, २२ हजार, ११ हजार, ४ हजार ४ सय रुपैया नगद सहित एक कार्यक्रम विच शिल्ड, मेडल र प्रमाणपत्रले संम्मान गरिएको थियो । प्रतियोगीतामा बेष्ट लिफ्टर मावादिनका भानु लिंथेप, बेष्ट ब्लकर नुमका मिलन पोख्रेल, बेष्ट स्पाईकार सिभुवाका प्रदिप राई, बेष्ट डिफेन्डर धुपुका नेत्रसिंह काल्पा चयन हुनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद