-क्लब सदस्यमा एनआरएनए कुवेतका पुर्व कोषाध्यक्ष किशोर शर्माको आगमन.. -आगामी डिसेम्बर २१ मा क्लबको १३ औं वार्षिक उत्सव मनाउने निर्णय..
ईन्द्र भुषाल, कुवेत
कुवेतको नेपाली समाजमा १३ बर्ष लामो गरिमामय इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको १५३ औं पूर्ण बैठक आज कुवेतको होटल सोल्टी मुर्गाफमा सम्पन्न भएको छ । क्लब अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा बसेको बैठकले क्लबको आगामी १३ औं वार्षिक उत्सब २१ डिसेम्बर २०१२ मा मनाउने निर्णय गर्दै उक्त दिन कुवेतका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई पाहुनाको रुपमा निम्त्याई भब्यरुपमा सम्पन्न गर्ने निर्णय गर्यो ।
क्लबका सुरक्षा बिभाग प्रमुख नबराज श्रेष्ठ सम्योजक र कार्यसमिति सदस्य ईन्द्र पोखरेल उप-सम्योजक रहेको सात सदस्यीय वार्षिक उत्सब तयारी समितिमा सदस्यहरु सचिब ईन्द्र भुसाल, सह-सचिब जितेन थिङ, महिला सदस्य डोल्मा आले(लामा), डम्मर मल्ल, राजु खड्का रहनु भएको छ । क्लवको वार्षिक उत्सब सम्पन्न गर्न सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई अग्रसर हुन आग्रह गर्दै अध्यक्ष धर्मराज गिरीले २१ डिसेम्बर शुक्रबार क्लबको वार्षिक उत्सब भएकोले सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई कार्यक्रम नराख्न पनि आग्र्ह गरेको छ ।
यसैगरी, प्रबासका नेपाली सँघ-संस्थाहरुमा नेपालीहरु कृयाशिल हुने र बिदा भएर जाने क्रम चलि नै रहेको छ । कुवेतमा पनि लगभग दुई दर्जन नेपाली सँघ-संस्थाहरु कृयाशिल छन भने सयौ नेपालीहरु उसमा आवद्द छन । यसरी नै जाने र आउने क्रममा एनआरएनए कुवेतका पुर्व कोषाध्यक्ष किशोर कुमार शर्मा आजको मितिदेखी लागु हुने गरी माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको कार्यकारिणी समितिमा नियुक्त हुनु भएको छ ।
Do you have any Records of Nepali people in Kuwait !