जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको आधिपत्यमा रहि बिगत ५ बर्षदेखी निरन्तर रुपमा कुवेतबाट सञ्चालित रहेको कुवेतको पहिलो अनलाईन नेपाली पत्रिका कुवेतनेपाल डटकमका बरिष्ट संवाददाता एवं क्लव सचिव ईन्द्र भूषाल(अर्जुन) तथा सह-सम्पादक एवं क्लव कोषाध्यक्ष शिवराम पौडेल द्वयलाई प्रधान सम्पादक जय आलेको सिफारिशमा आजको मिति २१ सेप्टेम्बर २०१२ देखी लागु हुनेगरी सम्पादक पदमा पदोन्नती गरिएको छ । क्लबको आज बसेको १५३ औं मासिक बैठकले मिडिया चिफको सिफारिशलाई अनुमोदन गर्दै वहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
कुवेतको नेपाली समाजमा स्पष्ट बक्ताको रुपमा परिचित क्लवका सचिब भूषाल सामाजिक कार्यमा समेत बिशेष रुची राख्ने गर्नु हुन्छ । आफ्नो बिद्यालयको बिकासको लागि आफ्नै प्रयासमा नेपालमा गठित संस्था भुतपुर्व बिद्यार्थी मञ्च श्री स्वधर्म मा.बि पाखापानी २, पर्बतका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ भने अर्का सम्पादक तथा क्लव कोषाध्यक्ष शिवराम पौडेल बिगत ५ बर्ष देखी कुवेतनेपाल डटकममा कृयाशिल हुनुहुन्छ ।
It is good to Know all Congratulation…Indra Dai
Congratulation Sir !!!!!!!!!!!!!
Bhadaai chha hamro Schib jyulaai.
best of luck bro.for ur upcoming successes.