आफुलाई जन्म दिने बाउ नै आफ्नो लोग्ने भएको थाहा पाउँदा कुनैपनि महिलालाई कस्तो अनुभुति होला ? सायद त्यस्तो पुरुषप्रति घृणाको सिमा नरहला र आफैप्रति ठूलो पश्चाताप बोध होला । यस्तै भएको छ अमेरिकामा एक जना महिलालाई । अमेरिकाको ओहियोमा बस्ने एक जना महिलाले आफ्नो श्रीमान नै आफुलाई जन्म दिने बाउ रहेको कुरा थाहा पाइन् । सायद श्रीमान जिउँदो छँदै त्यो कुरा थाहा पाएकी भए घटनाले अर्कै रुप लिन्थ्यो होला । तर श्रीमान मरेको ६ वर्षपछि उनले त्यस्तो कुरा थाहा पाएकी रहेछिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/09/2012
आफ्नै बाउ लोग्ने भएको थाहा पाएपछि……..
Posted in विविध
क्लव सचिव तथा कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भूषालको सम्पादक पदमा बढुवा
जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको आधिपत्यमा रहि बिगत ५ बर्षदेखी निरन्तर रुपमा कुवेतबाट सञ्चालित रहेको कुवेतको पहिलो अनलाईन नेपाली पत्रिका कुवेतनेपाल डटकमका बरिष्ट संवाददाता एवं क्लव सचिव ईन्द्र भूषाल(अर्जुन) तथा सह-सम्पादक एवं क्लव कोषाध्यक्ष शिवराम पौडेल द्वयलाई प्रधान सम्पादक जय आलेको सिफारिशमा आजको मिति २१ सेप्टेम्बर २०१२ देखी लागु हुनेगरी सम्पादक पदमा पदोन्नती गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको १५३ औं मासिक बैठक सम्पन्न
-क्लब सदस्यमा एनआरएनए कुवेतका पुर्व कोषाध्यक्ष किशोर शर्माको आगमन.. -आगामी डिसेम्बर २१ मा क्लबको १३ औं वार्षिक उत्सव मनाउने निर्णय..
ईन्द्र भुषाल, कुवेत
कुवेतको नेपाली समाजमा १३ बर्ष लामो गरिमामय इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको १५३ औं पूर्ण बैठक आज कुवेतको होटल सोल्टी मुर्गाफमा सम्पन्न भएको छ । क्लब अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा बसेको बैठकले क्लबको आगामी १३ औं वार्षिक उत्सब २१ डिसेम्बर २०१२ मा मनाउने निर्णय गर्दै उक्त दिन कुवेतका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई पाहुनाको रुपमा निम्त्याई भब्यरुपमा सम्पन्न गर्ने निर्णय गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
प्रधानमन्त्रीको राजीनामा पहिलो सर्त : नेपाल
५ असोज, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा वावुराम भट्टराईले राजीनामा नदिएसम्म मुलुकको वर्तमान राजनीतिक र संवैधानिक सङ्कट समाधान हुनु नसक्ने वताउनुभएको छ ।सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा पहिलो सर्त रहेको भन्दै नेता नेपालले राजीनमा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पूर्वराजा ज्ञानेन्द्रको म्याग्दी भ्रमण रद्द
मनोज अधिकारी, पोखरा, असोज ५ – पूर्वराजा ज्ञानेन्द्र शाहको आज हुने भनिएको म्याग्दीको धार्मिक भ्रमण रद्द भएको छ। स्थानीय राजनीतिक दलहरुले शुक्रबार शाहलाई आउन नदिन म्याग्दी जिल्ला बन्द घोषणा गरेपछि आजको लागि तय भएको भ्रमण रद्द भएको हो।धार्मिक भ्रमण प्रचार समितिका संयोजक अर्जुन बस्नेतले बन्दमा जोखिम मोलेर जानुभन्दा म्याग्दीको भ्रमण नै रद्द गर्नु उचित लागेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तारा एयरको ट्वीनअटर दुर्घटना
कलेन्द्र सेजुवाल, सुर्खेत, असोज ५ – डोल्पाको जुफालबाट नेपालगन्जको लागि उड्ने क्रममा तारा एयरको ट्वीनअटर विमान शुक्रबार बिहान दुर्घटना भएको छ। उडानको लागि ‘रन’ गर्ने क्रममा बिहान ९:४५ बजे धावनमार्गको बायाँ तर्फको जालीमा ठोक्किँदा एउटा पंखा भाँचिएको नेपाल नागरिक उड्ययन प्राधिकरण सुर्खेत कार्यालयले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार