३५ प्रतिशत इन्जिनियर देशबाहिर, स्वदेशमै भएका पनि १५ प्रतिशत बेरोजगार


४ असोज, काठमाण्डौं – मुलुकमा रोजगारीको अवसर नदेखेपछि ३५ प्रतिशत इन्जिनियर विदेसिएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनका अनुसार १९ हजार ६६ मध्ये करिब ६ हजार ६ सय देशबाहिर छन् । देशमा भएका मध्ये पनि करिब १५ प्रतिशत बेरोजगार छन् ।

नेपालमा विकास निर्माण काम सुस्त भएपछि विदेसिने इन्जिनियरको संख्या बढेको एसोसिएसनका अध्यक्ष महेन्द्रबहादुर गुरुङले बताए । उनका अनुसार देशभर ४२ क्षेत्रका इन्जिनियर उत्पादन भएका छन् ।

विदेशबाट पनि इन्जिनियरको माग बढी आएकाले विदेसिनेको संख्या बढेको कारोबार दैनिकमा खबर छ । नेपाली इन्जिनियर कामको खोजीमा बढीजसो अफगानिस्तान, अरबी र युरोपेली मुलुक जाने गरेका छन् । धेरै लगानीमा अध्ययन गरेका उनीहरु उचित रोजगारको व्यवस्था नहुँदा निराश भएका छन् । नेपालमा काम गरिरहेका मध्ये पनि थोरैले मात्रै राम्रो रुपमा तलब पाएको अध्यक्ष गुरुङले बताएका छन् ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.