लिम्बुवान सिङगीङ आईडलको फाईनल आगामी असोज ८ गते


खाँदबारी अशोज ४ , लुकेर रहेका मौलिक प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित लिम्बुवान सिङगीङ आईडलको फाईनल आगामी असोज ८ गते धरानमा हुने भएको छ । हाम्रोलाई होइन राम्रोलाई जिताऔं भन्ने नाराको साथ सञ्चालित आईडलको केही समय अघि संखुवासभा सहित अरुण–संखुवा खोला पुर्वका नौ जिल्लामा पहिलो र दोश्रो चरणको छनौट सम्पन्न भईसकेको छ । धरानस्थित सैनिक भवनमा हुने फाईनल चरणमा नौ जिल्लाका बिजेताहरु र ताप्लेजुङ्ग आईडल सहित दश जनाले प्रतिस्पर्धा गर्ने आयोजक युमा कल्चर सेन्टरले जनाएको छ ।फाईनलमा संखुवासभाबाट खाँदबारीका सुजन थापामगर सहभागी छन् । अन्य प्रतिस्पर्धाहरुमा जस्तो यसमा बिजेता छनौटको लागि एस.एम.एस. भोटिङ्ग भने नहुने निर्देशक यक्सोले बताउनुभयो । आयोजकका अनुसार, उत्कृष्ट तीनका बिजेताहरुलाई नगद पुरस्कारको साथै गीत रेकर्डिङ्ग लगायतको सुविधा उपलब्ध गराईनेछ । फाईनल कार्यक्रमको लागि नौ वटै जिल्लाका सञ्चारकर्मी तथा सहयोगीहरुलाई निमन्त्रणा गरिसकिएको ब्यबस्थापक ईश्वर जिमीले जानकारी दिनुभयो ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.