पूर्व राजा आजदेखि जिल्ला भ्रमणमा, १० दलले भ्रमण अवरोध गर्ने


४ असोज, काठमाण्डौं । पूर्व राजा ज्ञानेन्द्र शाह आजदेखि पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ सडक मार्ग हुँदै आज पोखरा जाने कार्यक्रम रहेको छ । ज्ञानेन्द्रको भ्रमणका लागि राजाबादीले भव्य स्वागत गर्ने तयारी गरेका छन् भने विभिन्न १० राजनीतिक दलले भने भ्रमण बहिस्कार गर्ने र त्यसबिरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

नेकपा एमाले पर्वतको कार्यालयमा बुधबार बसेको १० दलको बैठकले धार्मिक भ्रमणका नाममा पूर्वराजा ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको निष्कर्ष निकाल्दै भ्रमणबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।बैठकमा एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी, राप्रपा, माले लगायतका १० दल सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्रले बिहीबारदेखि पश्चिमका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ । उहाँ शनिबार पर्वत आउने कार्यक्रम तय भएको छ ।

बैठकले भ्रमण कार्यक्रमा सहभागी नहुन र सक्रियता पूर्वक वहिस्कार गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । ज्ञानेन्द्रको भ्रमणविरुद्ध बिहीबार कोणसभा गर्ने निर्णय भएको नेकपा एमाले पर्वतका अध्यक्ष बिकास लम्सालले जानकारी दिनुभयो । बैठकले पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । जिल्लाका क्रियाशिल सामाजिक संघसंस्था र धार्मिक संस्थालाई समेत भ्रमणको बिरोध गर्न बैठकले अपिल गरेको छ ।

 

 

 

One response to “पूर्व राजा आजदेखि जिल्ला भ्रमणमा, १० दलले भ्रमण अवरोध गर्ने

  1. ग्यानेन्द्र शाह नेपालको पस्च्सिम भरमणमा जानु हुन्छ भने स्व्तन्त्र डुल्न दिनु किन के भयो र नदिने आफ्नो देशमा घुम्न पाईन्छ । नेपालका सम्पुर्ण जाति भाषा धर्म सँग मेल खाने धार्मिक स्थल र ती सँग सम्बन्धित मान्यजन सँग भेट गर्नु हुनेछ । तर अब राजा हुने कुरालाई लियेर वहाँ जान सक्नु हुन्न जन चाहना बुझेर राजनैतीक मार्ग अपनाउन सक्नु हुन्छ । जसरी नेपलबाट राणा शासन खतम भयो तसरी राजा शासन खतम भयो । जनताको दुर्भाग्यको दुर्घट्ना हुने कुरा अब हुन सक्दैन । लिडर शिप गर्नेले पनि राजा ब्युताउने सपना देखाएर जनतालाई भरम फिजाउनु हुदैन । जुन्सुकै अवस्था किन नआओस जमना बदलियो ,जनताले ईतिहास स्वइकार गरिसक्यो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.