गर्भवती भइन सकिरा


कोलम्बिया, भदौ ४ (एजेन्सी) – कोलम्बियन पप स्टार सकिरा गर्भवती भएकी छन्। स्पेनिस फुटबलर गेरार्ड पिक्यु र सकिरा पहिलो सन्तानको प्रतीक्षामा छन्। गाना र नाचकै कारण विश्‍वभर नै लोकप्रिय रहँदै आएकी सकिराको समुन्द्री किनार र विकिनीमात्र मात्र रहेको म्युजिक भिडियो लोका धेरैको स्मरणमा नै छ। शरीर हल्लाउँदै नाच्ने यी गायिका आमा बन्दैछिन् भन्दा धेरैलाई चासो हुनु स्वभाविक हो।

‘तपाँइहरुले थाहा पाउनु भएको होला, गेरार्ड र म पहिलो सन्तानको तिब्र प्रतीक्षामा छौं,’ सकिराले आफ्नो वेवसाइटमा लेखेकी छिन्, ‘अव हाम्रो प्राथमिकता फेरिएको छ, हामीले जीवनको एक फरक र महत्वपूर्ण कामका लागि आगामी दिनका प्रवद्धनात्मक कार्यक्रमहरु स्थगित गरेका छौं।’

ग्रामी आवार्ड पाइसकेकी गायिकाले उनको सन्तान कहिले जन्मने भन्ने खुलाएकी छैनन्। ह्वेनएभर, ह्वेनएभर र हिप्स डन्ड लाइ जस्ता चर्चित गीतकी गायिका तथा प्रस्तोता उनले लस भेगसमा हुने आइहर्ट रेडियो म्युजिक फेस्टिवल कार्यक्रममा सहभागी नहुने जनाएकी छिन्। ‘म सहभागी नभएपनि त्यहाँको हरेक गतिविधि म नजिकैबाट हेर्नेछु,’ उनले सुनाइन्।

Source: Nagarik

One response to “गर्भवती भइन सकिरा

  1. congratulation sakira :::::::::::::::

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.