Daily Archives: 20/09/2012

हिम पहिरो पीडितलाई प्रबाशी नेपालीहरुबाट सहयोग जारी ,तमुसमाज कुवेत ले ३३,१०० आर्थिक सहयोग उपलब्ध गरायो ।


ईन्द्र भुसाल ,कुवेत
देश मा परेका अनेक संकट को बिचमा नेताहरु हाँस्दै हिंडेको बेला प्रबाश मा दु:ख सुख जीवन बिताएका नेपालीहरुबाट भने आपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने क्रम बढीरहेको छ । बिगत केहीमहिना पहिला कास्की जिल्ला मा भएको हिम पहिरोमा आफ्नो धनजन को छ्यती बेहोर्न वाध्य पीडित परिवार लाई कुवेत बाट धेरै नै सहयोग उपलब्ध भएको थियो । एसै क्रम मा तमुसमाज कुवेत ले आफ्ना कार्यसमिती सदस्यहरुबाट सन्कलन भएको रकम सेती बढीपीडित लाई रेडियो अन्नपुर्ण राहत कोशमा एक कार्यक्रम का बिच तमुसमाज कुवेत का शह सचिब धीरज तमु ले रेडियो अन्नपूर्ण का समाचार कोडिनेटर हुँम तमुलाई हस्तान्तरण गर्नु भएको समाचार पराप्त भएको छ । तमुसमाज कुवेत को स्थापना पस्चात सस्था ले प्रबाश मा पीडित बनेका अन्य नेपालीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको छ ।

लिम्बुवान सिङगीङ आईडलको फाईनल आगामी असोज ८ गते


खाँदबारी अशोज ४ , लुकेर रहेका मौलिक प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित लिम्बुवान सिङगीङ आईडलको फाईनल आगामी असोज ८ गते धरानमा हुने भएको छ । हाम्रोलाई होइन राम्रोलाई जिताऔं भन्ने नाराको साथ सञ्चालित आईडलको केही समय अघि संखुवासभा सहित अरुण–संखुवा खोला पुर्वका नौ जिल्लामा पहिलो र दोश्रो चरणको छनौट सम्पन्न भईसकेको छ । धरानस्थित सैनिक भवनमा हुने फाईनल चरणमा नौ जिल्लाका बिजेताहरु र ताप्लेजुङ्ग आईडल सहित दश जनाले प्रतिस्पर्धा गर्ने आयोजक युमा कल्चर सेन्टरले जनाएको छ ।फाईनलमा संखुवासभाबाट खाँदबारीका सुजन थापामगर सहभागी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Over 2,000 people held in multiple raids nationwide


KUWAIT CITY, Sept 19: Officials from Ministry of Interior apprehended 2,136 individuals for expired residency and involvement in drug, theft, liquor and such cases during impromptu security campaigns that were launched in Amghara Scrapyard in Jahra Governorate, Abdullah Port, पढ्नेक्रम जारी राख्नुहोस्

३५ प्रतिशत इन्जिनियर देशबाहिर, स्वदेशमै भएका पनि १५ प्रतिशत बेरोजगार


४ असोज, काठमाण्डौं – मुलुकमा रोजगारीको अवसर नदेखेपछि ३५ प्रतिशत इन्जिनियर विदेसिएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनका अनुसार १९ हजार ६६ मध्ये करिब ६ हजार ६ सय देशबाहिर छन् । देशमा भएका मध्ये पनि करिब १५ प्रतिशत बेरोजगार छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गर्भवती भइन सकिरा


कोलम्बिया, भदौ ४ (एजेन्सी) – कोलम्बियन पप स्टार सकिरा गर्भवती भएकी छन्। स्पेनिस फुटबलर गेरार्ड पिक्यु र सकिरा पहिलो सन्तानको प्रतीक्षामा छन्। गाना र नाचकै कारण विश्‍वभर नै लोकप्रिय रहँदै आएकी सकिराको समुन्द्री किनार र विकिनीमात्र मात्र रहेको म्युजिक भिडियो लोका धेरैको स्मरणमा नै छ। शरीर हल्लाउँदै नाच्ने यी गायिका आमा बन्दैछिन् भन्दा धेरैलाई चासो हुनु स्वभाविक हो। पढ्नेक्रम जारी राख्नुहोस्

आज ऋषि पञ्चमी पूजा


काठमाडौं, असोज ४- भाद्रशुक्ल पञ्चमी तीजको अन्तिम दिन आज महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन्। पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व राजा आजदेखि जिल्ला भ्रमणमा, १० दलले भ्रमण अवरोध गर्ने


४ असोज, काठमाण्डौं । पूर्व राजा ज्ञानेन्द्र शाह आजदेखि पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ सडक मार्ग हुँदै आज पोखरा जाने कार्यक्रम रहेको छ । ज्ञानेन्द्रको भ्रमणका लागि राजाबादीले भव्य स्वागत गर्ने तयारी गरेका छन् भने विभिन्न १० राजनीतिक दलले भने भ्रमण बहिस्कार गर्ने र त्यसबिरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

नेकपा एमाले पर्वतको कार्यालयमा बुधबार बसेको १० दलको बैठकले धार्मिक भ्रमणका नाममा पूर्वराजा ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको निष्कर्ष निकाल्दै भ्रमणबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।बैठकमा एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी, राप्रपा, माले लगायतका १० दल सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्रले बिहीबारदेखि पश्चिमका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ । उहाँ शनिबार पर्वत आउने कार्यक्रम तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्