Daily Archives: 19/09/2012

फेरि संबिधानसभाको निर्वाचन हुने


पुनःस्थापनाको प्रयास असफल
३ असोज, काठमाडौं – संघीयता’bout सहमति जुटाउन नसकेपछि दलहरु अर्को संबिधानसभाको चुनाव गर्न सहमत भएका छन् । योसँगै नेपालका इतिहासमा दुईपटक संबिधानसभाको चुनाव हुने भएको छ । बुधबार साँझ नयाँ बानेश्वरमा बसेको चार दलको वैठकमा दलहरु संबिधानसभाको नयाँ निर्वाचन गर्न सहमत भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कोलोराडोको अरोरामा भब्यताको साथ तीज कार्यक्रम सम्पन्न ।


आचार्य प्रभा/ डेन्वर कोलोराडो
सेप्टेम्बर १८, स्थानिय अरोराबासी गंगा चौँलागाइे तथा बि.आर.टि.नेपाल डट कमका संस्थापक श्री शैलेस पोख्रेलको आयोजनामा करिब १५० जना महिला दिदी बहिनी लगायत पुरुष महानुभावहरुको उपस्थितिमा गत आइेतबार सेप्टेम्बर १७ तारिख साँझ, काठमाण्डौ किचन रेस्टुरेन्टमा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज भब्यताको साथ सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

भाषा उपहास गर्ने माध्यम हैन


विजय थापा

समय समयमा बिशुद्द नेपाली भाषा प्रति कलम चलाई रहेको हुन्छु ।  नेपाली भाषा सम्बन्धि नेपाली मूलका सबैले गम्भीर हुनु पर्ने अपरिहार्यता मैले ठानेको छु ।  मुलुक भित्र सरकारी पाठशाला या निजि क्षेत्रद्वारा संचालित सबै बिद्यालयमा नेपाली भाषाको पठन पाठन हुन्छ र सबैले नेपाली भाषाको ज्ञान प्राप्त गरि रहेका हुन्छन ।  सबैले नेपाली भाषा जान्नु पर्दछ र जाने राम्रो हुन्छ तर जान्ने पर्ने भन्ने चाही बाध्यता हुदैन । पढ्नेक्रम जारी राख्नुहोस्

चीनद्वारा आर्थिक सम्वन्ध टुट्ने चेतावनी


वेइजिङ, असोज ३ (एजेन्सी) – पूर्वी चीनमा रहेको टापुमाथि जापानी हस्तक्षेप रहने हो भने दुई देशबीचको आर्थिक सम्वन्ध ध्वस्त हुने चेतावनी चिनिया सरकारले दिएको छ। चिनिया वाणिज्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दुई देशको व्यावसायिक सम्वन्ध विग्रियो भने त्यसको जिम्मेवार जापान हुने बतायो। पढ्नेक्रम जारी राख्नुहोस्

१० वा १४ प्रदेशमा सहमति नभए नयाँ निर्वाचन : सत्तारुढ दल


३ असोज, काठमाण्डौ – सत्तारुढ दल एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा १० वा १४ संघीय प्रदेशमा सहमति नभए नयाँ निर्वाचनमा जान सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वुधवार बसेको सत्तारुढ दलको वैठकले १० वा १४ प्रदेशको संघीय राज्यमा सहमति नभए निर्वाचनमा जानु पर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

च्याम्पियन्स लिगमा रियलद्धारा सिटी पराजित


युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितामा च्याम्पियन्स लिगमा रियल मड्रिडले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । ग्रुप अफ डेथ मानिएको समूह डीको समूह चरणको पहिलो खेलमा ९ पटकको विजेता स्पेनिल जाइन्ट रिडलले क्रिष्टियानो रोनाल्डाको अन्तिम मिनेटको गोलको मदतमा प्रमियिर लिग विजेता सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्