कुवेतको दशहरा रमझम-२०६९ बरिष्ठ संगीतकार तथा लोक आधुनिक गायक बि.बि अनुरागीको साथमा


सुरेश गुरुङ, कुवेत

आम नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा कुवेतको सशक्त साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले आगामी १९ अक्टोबर २०१२ शुक्रवारका दिन, कुवेतको एसिया-एसिया होटलमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न गैरहेको छ । नेपालदेखी अतिथि कलाकारको रुपमा नेपालका बरिष्ठ संगीतकार तथा लोक आधुनिक गाएक बि.बि अनुरागी उक्त कार्यक्रममा आउनु हुने आयोजकले बताएको छ । अनुरागी नेपाली गायन र संगित क्षेत्रमा निक्कै चर्चित हस्ती हुनुहुन्छ । चलचित्र गोर्खा पल्टनमा उहाँले दिएको सङ्गितले नै बेस्ट म्युजिक एवार्ड प्राप्त गरेको थियो ।

सम्पूर्ण कुवेतवासी नेपालीहरुसँग विजया दशमीको शुभकामना आदान-प्रदान गर्ने र सबैलाई आफ्नो प्रमुख चाडको अवसरमा “हाम्रो संस्क्रिती हाम्रो परम्परा” भन्ने नारालाई आत्मसात गर्दै नेपाली पन र नेपाली संस्क्रिती द्वारा मनोरञ्जन दिलाउने आयोजकले बताएको छ । आफ्नो चौंथो प्रस्तुती स्वरुप आयोजना गर्न लागिएको उक्त शो मा परिवारका बिबी मल्ल, राजेन्द्र बिरही र डिबी लोप्चन जस्ता चर्चित स्थानिय कलाकारहरु लगायत अन्य धेरै स्थानिय कलाकारहरुले आ-आफ्नो जोड्दार प्रस्तुती दिने छन ।

आयोजकका अनुसार, कार्यक्रममा युएइ एक्स्चेन्ज, हिमाल रेमिट, एअर अरेबिया र गल्फमार्ट जस्ता बिशाल कम्पनिहरुले स्पोन्सर गर्ने भएका छन भने कार्यक्रमको ब्यानर सौजन्य एनआरएनए कुबेतका उपाध्यक्ष राजु थापाले गर्नु हुने भएको छ । यसैगरी, कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमले सदा झैं नि:शुल्क मिडिया सपोर्ट गरेका छन । आयोजकले उक्त दशहरा साँस्कृतिक कार्यक्रम लालीगुराँस अनुरागी म्युजिकल शो  लाई सफल पार्नको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, बुद्धिजिवी, पत्रकार, समाजसेवी एवं समस्त संगितप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.