भुतपुर्व विद्यार्थी मञ्च पाखापानीको पहलमा बिद्यालयमा सुधारको काममा तिब्रता, व्यवस्थित स्टेज र प्याराफिट निर्माण हुँदै


सुरेश कुमार गुरुङ
बिद्यालयको चौर्तर्फी बिकास गर्ने उदेश्यले २ बर्ष पहिला गठन भएको भुतपुर्व विद्यार्थीहरुको संस्था भुतपुर्व विधार्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्वतको बिशेष पहलमा मञ्च र बिद्यालयको सयुक्त लगानिमा मैदानको एक साईडमा व्यवस्थित स्टेज र मैदानको भित्ता पट्टी व्यवस्थित सिढीहरुको निर्माण कार्य सुरु गरिएको छ । मैदानलाई फराकिलो पार्ने क्रममा पुरानो स्टेजलाई पुरै खारेर मैदानको अर्को साइडमा २० फुट लामो  र २ फुट अग्लो स्टेज बनाउन लागिएको मञ्चका अध्यक्ष ईन्द्र भुसालले जानकारी दिनुभयो । प्रबासको बिभिन्न ठाउँमा छरिएर रहेका पुर्व बिधार्थीहरुलाई  आफुले अध्य्यन गरेको  बिद्यालयको बिकासमा सहभागी हुन आग्रह गर्दै जन्मथलोमा गरेको सामाजिक कार्यको सम्झना सम्पूर्ण भावीपुस्ताको लागि सम्झना र सामाजिक कार्य गर्ने प्रेरणाको श्रोत हुने बताउनु भयो।  मञ्चको आर्थीक सुधारको लागि दुबईमा  रहने संस्थाका बिदेश बिभाग प्रमुख राजु अधिकारीलाई बिशेष जिम्मेबारी दिएको र सबै पक्षबाट सहयोग पाउने कुरामा मञ्च विश्वस्थत रहेको बताउनु भयो। मञ्चले हालै सम्पन्ह भएको अभिभाबक दिबस तथा पुरस्कार बितरण समारोहमा ७ जना बिधार्थीहरुलाई बिशेष पुरस्कार पनि बितरण गर्नुका साथमा मञ्च र बिद्यालयलाई बिशेष सहयोग गरेकोमा शिक्षक शेशकान्त शर्मालाई बिशेष सम्मान पनि गरेको थियो । स्मरण रहोस् मञ्चले यो भन्दा अगाडि खानेपानी ट्यान्की पनि निर्माण गरिसकेको छ भने खेलकुदका सामाग्री पनि बितरण गरेको थियो ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.