काठमाडौ, आश्विन २ – हिन्दु महिलाहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज आज मनाइदैछ । तीज अवसरमा पशुपति मन्दिरमा महिला दर्शनार्थीहरुको ठूलो भिड लागेको छ । महिलाहरु निरहार वसेर नाचगान गर्दै तीज मनाउँदैछन् । पशुपतीमा दर्शनका लागि तीनवटा ढोका खोलिएको छ । मित्रपार्कदेखि उमाकुण्ड हुँदै रुद्रगाढेश्वरबाट बस्ने लाइन उत्तरढोकाबाट, गौशाला वनकालीबाट बस्ने लाइन दक्षिणढोकाबाट र विशिष्ट व्यक्तिहरूले पश्चिमढोकाबाट प्रवेश गर्न पाएका छन् । लगातारको झरीलाइ वेवास्ता गर्दै महिलाहरु दर्शनका लागि लाइन बसेका छन् ।