मिस दाङको ताज विद्या गुरुङलाई


इन्टरटेनेमन्टले आयोजना गरेको पहिलो मिस दाङ–२०१२ को ताज विद्या गुरुङले हात पारेकी छिन् । शुक्रबार मध्यराती घोराहीस्थित कर्मचारी मिलनकेन्द्रको प्रांगणमा सम्पन्न भएको मिस दाङको फाइनल प्रतिस्पर्धामा घोराही नगरपालिका–११ भरतपुरकी २० वर्षिया विद्या गुरुङले आफ्ना १८ प्रतिस्पर्धीलाई उछिन्दै ‘पहिलो मिस दाङ–२०१२’ को ताज पहिरिन सफल भईन ।

‘दोस्रो लिटिल मिस वल्र्ड दाङ–२०१२’ की बिजेता आयुष्मा हमालले मिस दाङकी बिजेता गुरुङलाई ताज पहिरह्याएकी थिइन् । प्रतियोगी नम्बर ७ की गुरुङ घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजकी बिबिए चौथो सेमेष्टरकी विद्यार्थी हुन् । यसैगरी प्रतियोगिताको फस्ट रनरअप प्रतिस्पर्धी नम्बर ८ की कल्पना बुढामगर भएकी छिन् । घोराही नगरपालिका–११ मिलनचोक निवासी २१ वर्षिया कल्पना महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा ब्यवस्थापनमा स्नातकको विद्यार्थी हुन् । प्रतियोगिताको सेकेण्ड रनरअप प्रतियोगी नम्बर ३ समिक्षा खनाल भएकी छिन् । घोराही नगरपालिका–१० नयाँ बजार निवासी १६ वर्षिया खनाल दाङभ्याली उमावि घोराहीमा ब्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत छिन्

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.