कुवेतनेपाल, एड्मिन
मगर सँघ कुवेतका प्रथम उपाध्यक्ष मनु भुजेल मगरका सुपुत्र निरज भुजेल मगर नेपालको बानेश्वरस्थित शंकमुल एकेडेमी बोर्डिङ्ग स्कुलबाट यस वर्षको प्रवेशिका परिक्षामा ८५.२५% नम्बर ल्याई(स्कुलै टपेर) बिशिष्ट श्रेणीमा उतिर्ण हुनु भएकोमा वहाँको आगामी जिन्दगीमा थप सफलताको कामना गर्दै मगर सँघ कुवेतले सम्मान स्वरुप हालै एक Appreciation Award र नगदी रकम नेपाल पठाएको छ । साथै, सो अवसरमा मगर सँघ कुवेतले नेपालमा कुवेर सिंह रानामगर नेपालको २३औँ प्रहरी महानिरीक्षक(आईजिपी) मा चयन हुनु भएकोमा वहाँको सम्मान स्वरुप पनि नगदी रकम मगर सँघ केन्द्रिय समितिमा पठाएको जनाएको छ ।
मगर सँघ केन्द्रिय समितिद्वारा प्राप्त खबर अनुसार, उक्त Award एवं नगदी रकम मगर सँघ केन्द्रिय समितिले हिजो बालाजुमा भएको नेपाल मगर सँघको ब्रिहत कार्यक्रममा निरज भुजेल मगरलाई उपस्थित गराई थप सम्मान तथा उज्जवल भबिष्यको कामना गर्दै हस्तान्तरण गरेको छ । बाग्लुङ्ग जिल्लाको दगा नेपानेमा जन्मेका युवा निरज भुजेल मगर पिता मनु भुजेल मगर(प्रथम उपाध्यक्ष मगर सँघ कुवेत) र माता शरन भुजेल मगरका जेष्ठ सुपुत्र हुन ।
कुवेतनेपाल डटकम परिवार भाई निरज भुजेल मगरको उज्जवल भविष्यको कामना गर्दै ढिलै भएपनी हार्दिक बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछ ।