Daily Archives: 17/09/2012

निरज भुजेल मगर, मगर सँघ कुवेतद्वारा सम्मानित


कुवेतनेपाल, एड्मिन

मगर सँघ कुवेतका प्रथम उपाध्यक्ष मनु भुजेल मगरका सुपुत्र निरज भुजेल मगर नेपालको बानेश्वरस्थित शंकमुल एकेडेमी बोर्डिङ्ग स्कुलबाट यस वर्षको प्रवेशिका परिक्षामा ८५.२५% नम्बर ल्याई(स्कुलै टपेर) बिशिष्ट श्रेणीमा उतिर्ण हुनु भएकोमा वहाँको आगामी जिन्दगीमा थप सफलताको कामना गर्दै मगर सँघ कुवेतले सम्मान स्वरुप हालै एक Appreciation Award र नगदी रकम नेपाल पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तिजको मंगलमय शुभकामना !!


समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज-२०६९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गर्दछौं ।

धर्मराज गिरी
अध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत परिवार

तीजको दरखाने दिन आज


१ असोज, काठमाण्डौं – हिन्दू महिलाहरुको महान पर्व तीजको आज दरखाने दिन । नेपाली हिन्दु महिलाहरुले विशेष तयारीका साथ मनाइरहेका छन् । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोली निराहार वर्त बस्ने भएकाले आज घरघरमा मिठो परिकार सहित दरखाने चलन रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मिस दाङको ताज विद्या गुरुङलाई


इन्टरटेनेमन्टले आयोजना गरेको पहिलो मिस दाङ–२०१२ को ताज विद्या गुरुङले हात पारेकी छिन् । शुक्रबार मध्यराती घोराहीस्थित कर्मचारी मिलनकेन्द्रको प्रांगणमा सम्पन्न भएको मिस दाङको फाइनल प्रतिस्पर्धामा घोराही नगरपालिका–११ भरतपुरकी २० वर्षिया विद्या गुरुङले आफ्ना १८ प्रतिस्पर्धीलाई उछिन्दै ‘पहिलो मिस दाङ–२०१२’ को ताज पहिरिन सफल भईन ।

‘दोस्रो लिटिल मिस वल्र्ड दाङ–२०१२’ की बिजेता आयुष्मा हमालले मिस दाङकी बिजेता गुरुङलाई ताज पहिरह्याएकी थिइन् । प्रतियोगी नम्बर ७ की गुरुङ घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजकी बिबिए चौथो सेमेष्टरकी विद्यार्थी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बाढिले सप्तरीमा एक सय पचास भन्दा बढि घर डुबानमा


सप्तरीमा अबिरल पानिसँगै आएको बाढिले एक सय पचास भन्दा बढि घर डुबानमा परेका छन् । सप्तरीको खाडो नदीमा आएको बाढीले सप्तरीको तिलाठी गाविस वार्ड नं. २ र ३ का एक सय पचास घर डुबानमा परेको हो । दुई दिन देखिको अबिरल वर्षा सँगै आइतबार अपरान्हमा पहाडी क्षेत्रमा अत्यधिक वर्ष भएपछि किसानले सिचाईका लागि खाडो नदीमा बाँधिएको बाँध सँगै नदीले मुहान परिवर्तन गरेपछि तिलाठी गाउँ डुबानमा परेको तिलाठी गाविसका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

संघीयताको पक्षमा बोल्न १० करोडको अफर आयोः केसी


३१ भदौ, पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको पक्षमा बोले आफूलाई १० करोड रुपैयाँ दिने अफर आएको दावी गर्नु भएको छ ।

पाल्पा उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा केसीले संघीयताको पक्षमा बोल्न नमान्दा आफूलार्इ मार्नेसम्मको धम्की आएको बताउनु भयो । पाल्पा उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा केसीले भन्नुभयो–’‘संघीयता बिरोधी मुद्दा लिएर हिड्दा कतिपय स्थानमा मार्न खोजे, कतिले धम्क्याए , तर, म कोही कसैसँग डराउँदिन ।’ पढ्नेक्रम जारी राख्नुहोस्