देउवाले कोइरालासित प्रधानमन्त्री बन्न सहयोग मागे


काठमाडौं, भदौ ३१ – लामो समयपछि कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले एउटै कोठामा एक घन्टा संवाद गरेका छन्। मध्यमार्गी केन्द्रीय सदस्य सशांक कोइराला निवास महाराजगन्जमा दुई नेताबीच संकट निकासका उपाय’bout छलफल भयो। सशांकले नै पार्टी विवाद मिलाउने प्रयासमा दुई नेतालाई निवास बोलाएका थिए।
 

देउवा निकटस्रोतका अनुसार त्यस अवसरमा देउवाले कोइरालासँग आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागेका थिए। ‘कोइरालासँग देउवाले प्रधानमन्त्रीमा सघाउन आग्रह गर्नुभयो,’ स्रोतले भन्यो, ‘सभापतिले इन्कार गर्नुभएन, हुन्छ पनि भन्नुभएन।’

स्रोतअनुसार कोइराला आफू प्रधानमन्त्री दाबी छाड्न तयार भए पनि लामो संघर्ष गरेका उपसभापति रामचन्द्र पौडेललाई कसरी मनाउने भन्ने’bout देउवासँग छलफल गरेका थिए।

देउवाले भने आफूलाई कार्यबाहक छाडे प्रधानमन्त्रीमा कोइरालालाई सघाउने प्रस्तावसमेत दोहोर्‍याएका थिए। सशांक निवासमा दुई नेता भेट हुने चाल पाएर नेता पौडेल भने त्यसअघि नै त्यहाँ पुगेर सशांकलाई आफ्नो पक्षमा माहोल बनाइदिन आग्रह गरेको स्रोतले जनायो। बिहान ८ बजे भएको दुई नेता भेटअघि नै पौडेलले भने सशांक निवास छाडिसकेका थिए।

दुई नेता भेटघाटलगत्तै सभापति निवास महाराजगन्जमा पार्टीको अनौपचारिक केन्द्रीय समिति बसेको थियो। बैठकले पुनर्स्थापनानिम्ति जेठ २ को सहमति पालनामा माओवादीलाई दबाब दिने निष्कर्ष निकालेको थियो।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.