विश्वमा अरु विषयमा जस्तै सेक्सका विषयमा पनि रोचक तथ्य तथा प्रसँगहरु थपिइरहन्छन् । मान्छेले सेक्समा पनि विभिन्न किर्तिमान कायम गर्छन् । केही रोचक अध्ययन तथा सर्भेक्षण पनि हुने गर्छन् जसले सेक्सका विषयमा अनौठा तथ्य बाहिर ल्याउँछन् । हामीले यहाँ सेक्सका विषयमा केही नयाँ तथा अनौठा तथ्य पस्केका छौँ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/09/2012
सेक्स गर्नु भन्दा गोलीगाँठो कन्याउँदा बढि मज्जा
Posted in विविध
देउवाले कोइरालासित प्रधानमन्त्री बन्न सहयोग मागे
काठमाडौं, भदौ ३१ – लामो समयपछि कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले एउटै कोठामा एक घन्टा संवाद गरेका छन्। मध्यमार्गी केन्द्रीय सदस्य सशांक कोइराला निवास महाराजगन्जमा दुई नेताबीच संकट निकासका उपाय’bout छलफल भयो। सशांकले नै पार्टी विवाद मिलाउने प्रयासमा दुई नेतालाई निवास बोलाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
प्रधानमन्त्री चढेको हेलिकप्टर फेरि आपतकालीन अवतरण
काठमाडौँ, भदौ ३१ – प्रधानमन्त्री बाबुराम भट्टराईसहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकप्टरले आज दोस्रो पटक पनि आपतकालीन अवतरण गरेको छ। जुम्लाबाट कालिकोट उडेको उनी सवार हेलिकप्टर मौसम खराब भएपछि बिहान १० बजेतिर सुर्खेतमा आपतकालीन अवतरण गर्न बाध्य भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आज नेपालले भारतको सामना गर्दैछ महिला च्याम्पियनसीप फुटबल
३१ भदौ, काठमाण्डौं । श्रीलंकाको कोलम्बोमा जारी रहेको दोश्रो साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि कब्जाका लागि आज नेपालले भारतको सामना गर्दैछ ।
नेपाली समय अनुसार अपरान्ह सवा चार बजेपछि सुरु हुने खेलमा नेपालले परम्परागत प्रतिस्पर्धी भारतको सामना गर्ने छ । फाइनलसम्म पुग्दाका खेलमा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले आज पनि उत्कृष्ठ प्रदर्शन गर्दै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक किशोर केशीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद