ह्याकरहरुको नयाँ दाउ : बन्दाबन्दै कम्प्युटरमा भाइरस


साइबर अपराधीहरुले कम्प्युटर निर्माता कम्पनीहरु विरुद्ध नयाँ लडाइँ सुरु गर्दै कम्प्युटर बन्दाबन्दै कम्पनीमै नयाँ कम्प्युटरमा भाइरस छिराइदिन सफल भएका छन् ।

कम्पनीबाट निर्माण भएर बजारमा आएका नयाँ कम्प्युटरमै भाइरस देखिएपछि यस्तो कुराको खुलासा भएको हो । माइक्रोसफ्टले गरेको अध्ययनले विभिन्न कम्पनीका नयाँ कम्प्युटरमै भाइरस देखा परेका थियो ।

यस्ता भाइरस मध्ये निटोल नामको एक भाइरस निकै खतरनाक पाइएको छ । यो भाइरस मार्फत ह्याकहरुले कम्प्युटर प्रयोगकर्ताको सबै व्यक्तिगत विवरण चोरेर बैंक अकाउण्ट समेत कब्जामा लिन सक्छन् ।

माइक्रोसफ्टका अनुसार असुरक्षित वितरण प्रणालीको फाइदा उठाउँदै अपराधीहरुले नयाँ कम्प्युटरमा भाइरस आक्रमण गर्न सफल भएका हुन् । माइक्रोसफ्टका डिजिटल अपराध अनुसन्धानकर्ताहरुले चीनबाट किनेर ल्याएका १० वटा ल्यापटप तथा १० वटा डेक्सटप कम्प्युटरमा पहिलोपटक यस्तो भाइरस फेला परेपछि साइबर अपराधीहरुको पछिल्लो हमलाको खुलासा भएको हो

यसैबीच एक अमेरिकी अदालतले नयाँ कम्प्युटरमा देखिएको यस्तो साइबर आक्रमणलाई निस्तेज पार्ने अधिकार माइक्रोसफट्लाई प्रदान गरेको छ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.