नेपाल साफ महिला फुटबलको फाइनलमा उपाधिका लागि भारतसँग भिड्ने


२९ भदौ, काठमाडौं । नेपाल दोस्रो साफ महिला च्याम्पियन्ससिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।अब उपाधिका लागि नेपालले भारतसँग खेल्नेछ । पहिलो संस्करणको फाइनलमा भारतसँग नेपाल १-० ले पराजित भएको थियो ।

कोलम्बोस्थित सीआर एण्ड एफसी रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको छ । पहिलो हापमा नेपालले केही राम्रा मौका गुमाएको थियो । खेलको ३९ औं मिनेटमा पाएको पेनाल्टीमा समेत कप्तान जमुना गुरुङ गोल गर्न चुकिन् । पहिलो हाप गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हापमा लयमा फर्कियो ।

दोस्रो हाप सुरु भएको ३ मिनेटमा नै अनु लामाले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाइन् । एकपछि अर्को गर्दै विपक्षीको पोष्टमा आक्रमण गरेपनि नेपालले गोल थप्न सकेन । खेलको ७६ औं मिनेटमा दीपा अधिकारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको अतिरित्त समयमा नेपालले पेनाल्टी पयो र लक्ष्मी पौडेलले गोल गर्दै नेपाललाई ३-० को जित दिलाइन् ।

यसैगरी शुक्रबार नै भएको अर्को खेलमा अफगानिस्तानलाई ११-० ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन भारत फाइनलमा प्रवेश गरेको छ ।

 

 

 

2 responses to “नेपाल साफ महिला फुटबलको फाइनलमा उपाधिका लागि भारतसँग भिड्ने

  1. thanks ledies foot ball tim nepal, best of luck,in your final with india.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.