कुवेतमा तिज बिशेष-२०१२ भव्यताका साथ सम्पन्न


शिवराम पौडेल, कुवेत

कोमल वली र सुनिता दुलालको गीत तथा नन्दिता केसीको बारुले नृत्यमा कुवेतवासी नेपालीहरु जुलुम..

कुवेतको एसिया-एसिया होटलमा हिजो १४ सेप्टेम्बर २०१२ का दिन नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा आयोजना गरिएको तीज बिषेश कार्यक्रम-२०१२ भब्यताका साथ सम्पन्न भएको छ । महिला कामदार अत्याधिक रहेको कुवेतमा महिला दिदीबहिनीलाई लक्षित गरि तीजे कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका चर्चित कलाकारहरु कोमल ओली, सुनिता दुलाल र नन्दिता केसीको साथमा स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुतिले शुक्रबार कुवेतको नेपाली समाज नै संगितमय बन्यो, तीजमय भयो र प्रदेशमा भए पनि नेपालकै झल्को नेपाली दिदीबहिनीले अवश्य मेटे होलान ।

कार्यक्रमको लागि हलको क्षमता निकै कम भएकोले दर्शकले हल र खचाखच भरिएको थियो भने पास भएका कतिपय दर्शकहरुलाई समेत कार्यक्रम कोचाकोच भएर हेर्न परेको देखिन्थ्यो । खासगरी तिजे कार्यक्रम महिलाहरुको लागि बिशेष भएपनी पुरुषहरु पनी उतिकै मात्रमा उपस्थित थिए । हल भित्र दर्शकको अत्याधिक चापले बातावरण निकै गर्मिएको थियो भने हल बहिरको बातावरण अर्कै किसिमले गर्मिएकोले ६ जना नेपालीहरु कुवेत पुलिसको फन्दामा परेको समेत सुनिन आएको छ ।

कोमल ओलीका पति देवका लागि.. पोइला जान पाम, बर्त बसे शिवजी जस्ता गीतहरुले दर्शकहरुलाई असिना र पसिना हुँदै नाच्न वाध्य तुल्यायो भने मनमा आट भाको गोजीमा गाठ भाको.. भन्ने गीतले त दर्शकहरुलाई उत्तेजितनै बनाएको थियो । यसैगरी, सेक्सी क्युट हिरोईन नन्दिता केसीको भन हामी दुईमा को राम्री.. उधरेको चोली छ है गीतको नृत्यमा दर्शकलाई थप मनोरन्जन थपेको थियो । सुनिता दुलालको अब मैलेनी झुम्का लगाउछु.. बर्त बसे जस्ता गीतले दर्शकलाई खुबै नचाएको थियो । स्थानीय लालीगुराँस साँस्कृतिक परिवार, नेपालकुवेत साँस्कृतिक मंचका कलाकारको प्रस्तुती पनि जोडदार रहेको थियो ।

मित्र सिंजाली र धर्मराज गिरीको आयोजनामा दिउँसो १ बजे देखि महिला दिदिबहिनिहरुलाई दर खुवाएर सुरु भएको औचारिक सांगितिक धमाका कुवेतका लागि नेपाली राजदुत माहमहिम मधुवन प्रसाद पौडेलबाट दियो बालेर उद्दघाटन गरिएको थियो । अल्मुल्ला एक्सचेन्जको प्रायोजन र कोसेली परिवारको संयोजनमा आयोजना गरिएको कार्यक्रमलाई कोसेलिका प्रमुख सुजन केसिले अध्यक्षता गरेका थिए भने कोसेलिका पदाधिकारीहरुको साथमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका पुर्व अध्यक्ष किरण पौड्याल लगायतले संचालन गरेका थिए ।

One response to “कुवेतमा तिज बिशेष-२०१२ भव्यताका साथ सम्पन्न

  1. Orgnizers sucks coz there was no ticket system, i couldn’t watch programe and hall also was small for whole Nepali crowds……my good friday turned in to bad friday….:I

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.