Daily Archives: 12/09/2012

भैसींलाई बलात्कार गरेको आरोपमा ५ वर्ष जेल


२७ भदौ, काठमाडौं – महिलालाई बलात्कार गरेको आरोपमा केही जेल परेको त तपाई हामीले सुन्दै आएका हौं । तर, भारतमा भने भैसींलाई बलात्कार गरेको आरोपमा एक युवकलाई जेल सजाय सुनाइएको छ । राजस्थानको सीकर जिल्लामा स्थानीय अदालतले भौसींलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई ५ वर्ष जेल सजाय सुनाएको हो । अदालतले बजवारीलाल भनिने बन्नालाई हजार भारु जरिवानाको पनि लगाएको छ । जरिवाना रकम नतिरे उनले थप ६ महिना जेल बस्नु पर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

तिज कार्यक्रमको लागि नेपालका चर्चित कलाकरहरु भोलि कुवेत आउँदै, स्वागतका लागि बिमानस्थल जान सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकको अनुरोध


कुवेतनेपाल, एड्मिन

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कोसेली परिवार कुवेतले आयोजना गर्न गैरहेको “तिज बिशेष कार्यक्रम-२०१२”मा सहभागीताको लागि अतिथी कलाकारको रुपमा भोली १३ सेप्टेम्बर २०१२ का दिन, दिनको ठिक १.४० बजे गल्फ एयरको उडानबाट नेपालका चर्चित कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी कुवेत आउँदै छन । पढ्नेक्रम जारी राख्नुहोस्

जोगिए दुर्गाबहादुर फाँसीको सजायबाट


सुरेन्द्र पौडेल, काठमाडौं, भदौ २७ – अन्ततः पर्वत चित्रे-४ का दुर्गाबहादुर सुनारको मृत्युदण्ड रोकिने भएको छ। सुनसरी हाँसपोसा-२ का गणेशबहादुर बस्नेतको हत्या आरोप झन्डै तीन वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई) को शारजहाँस्थित जेलमा उनी मृत्युदण्ड कुरेर बसेका थिए। मृतकका परिवारले मागेको क्षतिपूर्ति बराबरको रकम सर्वसाधारणको सहयोगमा उठेपछि दुर्गाबहादुर फाँसीको सजायबाट जोगिएका हुन्। पीडित परिवारले ब्लडमनि (क्षतिपूर्ति) स्वरूप १० लाख रुपैयाँ पाए माफी दिने सहमति जनाएपछि एक मात्र छोरो दुर्गाबहादुरको जीवन बचाउन उनकी आमा मनकुमारीले केही दिनअघि अपिल गरेकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहको निधन


राजकीय सम्मानसाथ अन्त्येष्टी गरिने
२७ भदौ, काठमाण्डौं – गणतन्त्रवादी नेता रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । सिकिस्त विरामी भएपछि गत भदौ १७ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनभएका सिंहको आज विहान ६ बजे निधन भएको उहाँ निकटका सहयोगी कुमार पौडेलले जानकारी दिनुभयो । कम्मरमुनिको भाग नचल्ने, ढाड दुख्ने, स्मरण शक्ति हराउने लगायतका रोगबाट पीडित हुनभएका ७७ बषिर्य सिंहलाई मंगलबारबाट सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भईरहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिको बाधक एमाओवादी : खनाल


‘प्रचण्ड उडुवा चरी जस्तै’
निमुसंगम घर्ती
२७ भदौ, दाङ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीकै कारण राजनीतिक सहमति जुट्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले एकीकत माओवादीमा चढेको सत्ता कब्जाको भूत अझै नहेटकाले तत्काल दलहरुवीच सहमतिको सम्भावना नरहेको वताउनुभयो । खनालले एकीकृत माओवादी मुलुकको राजनीतिक स्थितिप्रति गम्भीर नभएको समेत वताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्