डम्बर जङ मल्ल
बिदेशको यिनै गल्लीहरुमा भौतारी रहेको छु मुमा
हजुरकै त्यही मिठो माया सम्झी हिडिरहेको छु मुमा
भोको पेटमा काम गरी सपनाहरु देख्दै छु मुमा
यस्तै रहिछ गरीबको जुनी भन्दै आसु खस्छ मुमा
घर परिवार कसरी पालु दिन रात छाती पोल्छ मुमा
जती दु:ख गरेपनी कर्ममा सुख नरहिछ मेरो मुमा
हजुरलाई सम्झी आसु धार कहिलै रोकिदैन मेरो मुमा
सुखी जिबन बनाउला नरोहिकन बस्नु है मेरो मुमा
स्वग जस्तै लाग्छ मलाई आज मेरै गाउ घर मुमा
कती मिठो माया अनी हजुरको हातको खाना मुमा
त्यही यादहरुलाई अगालो हाली दिनहरु काट्छु मुमा
साहुको रिन तिर्न सके छिट्टै आहुन मन छ मेरो मुमा
Advertisements