एक वर्षपछि पागल प्रेमीको रिस


प्रेमिका अर्कैसित गए वा बिहे भएपछि प्रेमी कतिसम्म पागल होला ? सम्भवतः ती व्यक्ति प्रेमिकालाई अन्तिम ‘सुसाइड नोट’ छाडेर आत्महत्या गर्छन् वा प्रेमिकाको बिछोडमा पागल हुन्छन् । तर, भारतको नयाँदिल्लीमा एक प्रेमीले भने दुवै बाटो अपनाएनन् । परिवारले प्रेमिकालाई अर्कै केटासँग विवाह गरिदिएको एक वर्षपछि ती व्यक्तिले आफ्नो रिस पोखेका छन् । उनले प्रेमिकासहित पाँचजनाको निर्ममतापूर्वक हत्या गरेका छन् । रवि नाम गरेका २५ वषर्ीय ती विक्षिप्त प्रेमीले अत्याधुनिक बन्दुक तथा
हतियारका साथ पाँचजना व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गरेको भारतीय एजेन्सीले जनाएका छन् । सुरुमा रविले आफ्नो रिस प्रेमिकाका श्रीमान्माथि पोखे । प्रेमिकाका श्रीमान्माथि उनले दर्जनाँै गोली ठोके । विवाहको एक वर्षपछि प्रेमिका आफ्ना
श्रीमान्साथ माइत आएकी थिइन् । छोरी तथा ज्वाइँसँग परिवारका केही सदस्य कुराकानीमा व्यस्त थिए । डाइनिङ हलमा गोलीको आवाज सुनेपछि केटीका बुबा र बहिनी बाहिर आए । रविले दुवैलाई छातीमा गोली हाने ।आफ्नी प्रेमिकालाई आफूसँग विवाह गर्न नदिएको झोकमा केही दिनअगाडि मात्र रविले प्रेमिकाका बुबासँग कुराकानी गरेको भारतीय एजेन्सीले जनाएका छन् । एक वर्षपछि पुनः विवाहको प्रस्ताव राख्दै रवि प्रेमिकाको घरमा पुगेका थिए ।
केटीका परिवारसँग कुरा नमिलेपछि रिसाउँदै त्यसदिन रवि घरबाट फर्केका थिए । रविले भने आफ्नो रिस तत्काल पोखेनन् । यता, केटीको विवाह एक वर्ष अगाडि भए पनि उनले गोप्य रूपमा रविसँग सम्बन्ध राख्दै आएकी थिइन् । छोरीको वैवाहिक सम्बन्ध बिगि्रएको बताउँदै आमाबुबाले रविलाई आफ्नी छोरीसँग सम्बन्ध नराख्न आग्रह गरेका थिए । तर, रविले प्रेमिकाविना बाँच्न नसक्ने बताउँदै छाड्न नसक्ने प्रतिक्रिया दिएका रहेछन् । वार्ता भएको दोस्रो दिन रवि बन्दुक बोकेर प्रेमिकाको घरमा एक्कासि छिरेका थिए । एउटा हातमा सानो बन्दुक र अर्कोमा अत्याधुनिक बन्दुक बोकेर केटीको घर र माइतीमा पुगेर हत्याको योजना बनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
प्रेमिकासहित पाँच व्यक्तिको हत्या गरेपछि रविले आत्महत्याको कोसिस गरेका थिए । उनले आफूमाथि नै गोली प्रहार गरे । प्रहरी अधिकृतले भने रविको अवस्था’bout केही खुलाएका छैनन् ।
भारतमा आमाबाबुले छोराछोरीका लागि वर वा वधू छान्ने गर्छन् । आर्थिक समृद्धिसँगै भारतमा केटा र केटीबीच हुने प्रेमविवाहको प्रचलन पनि बढ्दै गएको छ । आमाबाबुले नै आवश्यक वरवधू रोज्ने गर्दा धेरैले प्रेमविवाहको बाटो रोज्ने गरेका छन् ।
भारतमा सर्वसाधारण नागरिकले यस्ता शक्तिशाली हतियार राख्ने अनुमति लिन निकै कठिन छ । तर, पनि भारतमा अवैध रूपमा हतियार उत्पादन र बिक्रीवितरणको बजार दैनिक बढ्दो छ । ‘घटनाको प्रारम्भिक अनुसन्धानमा प्रेममा असफल भएपछि रविले क्रूर योजना बनाएको देखिन्छ,’ घटनामा संलग्न एक प्रहरी अधिकारीले एजेन्सीलाई भने, ‘उनले योजनाबद्ध रूपमा हत्या गरेका छन् ।’

Source: Nayapatrika

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.