Daily Archives: 12/09/2012

मायाले ओमानमा प्लेनभित्रै बच्चा जन्माइन


रुमकुमारी बलाल
मस्कट , घरायसी कामका लागि २ बर्षअघि ओमानको सललहमा आएकी माया (नाम परिवर्तन)ले घर फर्कने क्रममा सललहबाट मस्कटको यात्रा गर्दा ओमान एअरको जहाजभित्रै छोरा जन्माएकी छिन्। संखुवासभा घर भएकी मायाले प्लेन उडान समयमा प्लेनको बाथरुम भित्र बच्चा जन्माएकी हुन् । फोन सम्पर्कमा भएको कुराकानी अनुसार उनले उडान समय बिहान् साढे २ बजेपछि बच्चा जन्माएको वताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

रकेट आक्रमणमा अमेरिकी राजदूत मारिए


कायरो, भदौ २७ (बीबीसी)- छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्ट स्टेफन्सको हत्या भएको छ। लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी काउन्सुलेटको कार्यालयमा आक्रमण हुँदा राजदूत स्टेफन्सको मृत्यु भएको अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सूचना !!!


समाज सेवी बिष्णु माया परियार अमेरिकामा सम्मानित तथा पूर्व प्रधान मन्त्रिद्वारा सराहना


विजय थापा

अमेरिकाको इन्डियानापोलिस-दक्षिण-पुर्बी क्षेत्रिय र मध्य-पश्चिमी दुई नेपाली संस्थाहरु Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त आयोजनामा अगस्ट ३१-सेप्टेम्बर २ तारिख बीच इन्डियाना राज्यको इन्डियानापोलिस शहरमा ८ औ सयुक्त सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

मुमा


डम्बर जङ मल्ल 
बिदेशको यिनै गल्लीहरुमा भौतारी रहेको छु मुमा
हजुरकै त्यही मिठो माया सम्झी हिडिरहेको छु मुमा
भोको पेटमा काम गरी सपनाहरु देख्दै छु मुमा
यस्तै रहिछ गरीबको जुनी भन्दै आसु खस्छ मुमा पढ्नेक्रम जारी राख्नुहोस्

एक वर्षपछि पागल प्रेमीको रिस


प्रेमिका अर्कैसित गए वा बिहे भएपछि प्रेमी कतिसम्म पागल होला ? सम्भवतः ती व्यक्ति प्रेमिकालाई अन्तिम ‘सुसाइड नोट’ छाडेर आत्महत्या गर्छन् वा प्रेमिकाको बिछोडमा पागल हुन्छन् । तर, भारतको नयाँदिल्लीमा एक प्रेमीले भने दुवै बाटो अपनाएनन् । परिवारले प्रेमिकालाई अर्कै केटासँग विवाह गरिदिएको एक वर्षपछि ती व्यक्तिले आफ्नो रिस पोखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लन्डन ओलम्पिकबाट नेपाली अधिकारीले सुटुक्क ल्याए मोबाइल


श्रीलोचन राजोपाध्याय
नेपालको प्रतिनिधित्व गर्दै लन्डन ओलम्पिकमा गएका नेपाली अधिकारीहरूले त्यहाँ बस्दा पाएको सामान्य मोबाइल लुकाएर नेपाल ल्याएको पुष्टि भएको छ । आयोजकले मोबाइल फिर्ता गर्न वा सोबराबरको पैसा तिर्न इमेल गरेको छ । गत साउन १२ देखि ३० सम्म लन्डनमा आयोजित ओलम्पिकमा नेपाली अधिकारीका रूपमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा नेपाली टोलीका सेभ द मिसन गंगाबहादुर थापा, महासचिव जीवनराम श्रेष्ठ र सहकोषाध्यक्ष छिमी गुरुङले प्रतिनिधित्व गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


रामकृष्ण पौडेल अनयाँस

अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनी
आउने दिन बाँकी रैछ साहुले मिति गन्दा बैनी ।

गाउँबेसी डाँडाकाँडा गुन्जिदा हुन तीजका गीतले
भक्कानिदै रुदै हौली नमान न धन्दा बैनी । पढ्नेक्रम जारी राख्नुहोस्