एमाओवादीलाई मिल्न आग्रह गरेको राष्ट्रपतिको खुलासा


दीपेन्द्र विष्ट

भाद्र २५ – राष्ट्रपति रामवरण यादवले विभाजित एकीकृत माओवादीलाई मिल्न आग्रह गरेको खुलासा गरेका छन् । ९९ औं बीपी जयन्तीका अवसरमा सोमबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा भएको कार्यक्रममा राष्ट्रपति ले नयाँ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई मिल्न सुझाव दिएको खुलाए । ‘पार्टी फुटेपछि किरण (वैद्य)जी मलाई भेट्न शीतल निवास आउनुभएको थियो,’ वैद्यको नामै लिएर राष्ट्रपति ले भने, ‘ कांग्रेस , एमाले फुट्दा लोकतन्त्रका उपलब्धी गुमेका छन्, तपाईंहरु सकभर मिल्नुस् भनें ।’

प्रमुख दलहरु फुट्दा २००७ र २०४६ सालको उपलब्धी गुमेको स्मरण गर्दै राष्ट्रपति ले एक भएर अघि बढ्न आहृवान गरे । कांग्रेस , एमाले एकपटक फुटेर मिलिसकेका छन् । असार पहिलो साता एमाओवादी बाट फुटेको वैद्य नेतृत्वको माओवादी दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको भोलिपल्टै राष्ट्रपति ले मिल्न सुझाव दिएका हुन् ।

राष्ट्रपति ले आफ्नो पदको मर्यादा राखेर राजनीतिक कुरा गर्न नहुने जान्दा जान्दै पनि मुलुकको अवस्थालाई टुलुटुलुमात्रै हेर्न नसक्ने उल्लेख गरे । ‘मेरो पदको मर्यादाले मैले यस्तो बोल्न नहुने हो,’ राष्ट्रपति ले भने, ‘तर राष्ट्राध्यक्षको नाताले राष्ट्रियता कमजोर भएको हेर्न सक्दिन ।’

राष्ट्रपति ले प्रमुख दलका शीर्ष नेताहरुलाई पटक पटक सहमति गरेर आउन आग्रह गरे पनि उपलब्धी नभएकोमा चिन्ता व्यक्त गरे । ‘गणतन्त्रमा ग्रहण लाग्ने स्थिति छ भनेर मैले प्रचण्डजी, सुशील, झलनाथजीलाई पटक पटक भनेको छु,’ उनले भने, ‘तर संस्थागत उपलब्धी हासिल गर्न सक्नुभएन ।’ उनले एमाओवादी , कांग्रेस , एमाले , मधेसी मोर्चासहित सवै राजनीतिक शक्तिबीच सहमति हुनुपर्नेमा जोड दिए ।

Source: Ekantipur

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.