Daily Archives: 06/09/2012

एक दिवसीय क्रिकेटको बलिङमा शक्तिको विश्व कीर्तिमान


२१ भदौ, नेपाली क्रिकेटर शक्ति गौचनले एक दिवसीय क्रिकेटको बलिङमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरमा मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरेका शक्तिले वेष्ट इकोनोमी रन रेटमा वेष्ट इण्डिजका फिल सिमोनको २० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए । उनको इकोनोमी रन रेट शुन्य दशमलव २० छ । पढ्नेक्रम जारी राख्नुहोस्

आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरमा नेपालको लगातार तेस्रो जित


मलेसिया १० विकेटले पराजित
२१ भदौ,  आईसीसी वर्ल्ड क्रिकेट डिभिजन फोरमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । विहीवार  भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । जितसँगै ३ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा रहेको नेपालको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यसरी ‘सेटिङ’ मिलाइन्छ विमानस्थलमा


सुरेन्द्र पौडेल, काठमाडौं, भदौ २१- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा सक्कली कागजात (भिसा सहितको राहदानी) देखाउँदा अध्यायगमनका कर्मचारीले अनेक प्रश्न गर्छन्। तपाईको सक्कली कागजात माथि शंका गरिन्छ, अनि कागजातको जाँच हुन्छ। अझ रोजगारीका लागि खाडी राष्ट्र जाँदै हुनुहुन्छ भने त उनीहरुको व्यवहारले तपाईलाई लाग्नसक्छ ‘कतै अपराध गरेर भाग्न लागि रहेको त छैन’। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको प्रतिस्पर्धी क्षमता नै कमजोर, नेपाल १२५ औ स्थानमा


२१ भदौ, काठमाण्डौं – विश्वव्यापी प्रतिस्पर्धी क्षमतामा नेपाल कमजोर देखिएको छ । ‘वल्र्ड इकोनोमिक फोरम’ले १ सय ४४ देशमा गरेको अध्ययनमा नेपाल १ सय २५ औ स्थानमा छ । गत बर्ष १ सय ४२ देशमाझ पनि नेपाल सोही स्थानमा थियो । पढ्नेक्रम जारी राख्नुहोस्

स्कूले छात्राबाट ४ करोड राजस्व उठाउन मुद्दा


२१ भदौ, काठमाण्डौं । मोरङको सिजुवा गाउँबाट पढ्न आएकी निम्न मध्यमवर्गीय छात्रा एक करोड ४४ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा ४ करोड ३४ लाख रुपैयाँ माग दाबी गरिएको मुद्धाको विपक्षी बन्न पुगेकी छन् । ५ हजार रुपैयाँको लोभमा अरुले भनेअनुसार व्यापारिक र्फमको प्रोप्राइटर बनिदिएका कारण राजधानीमा पढ्न लागि संर्घष गरिरहेकी १८ बर्षकी छात्रा उक्त परिमाणको राजस्व चुहावटको अभियुक्त बनेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्