१६ वर्षमै यौन सम्पर्क गरेवापत किशोरीलाई १०० कोर्रा


माले, भदौ २० (एजेन्सी) – उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो।

हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्‍ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए।

पछ्याउनेक्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो।
परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।

One response to “१६ वर्षमै यौन सम्पर्क गरेवापत किशोरीलाई १०० कोर्रा

  1. Shiva sir, plzbe sure first about the quantity of korra, 10 or 100?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.