Daily Archives: 05/09/2012

नेपाली समाजसेवी पुष्पा बस्नेतले पाईन इल्गा अवार्ड दक्षिण कोरियाका नेपाली संघसंस्थाहरुद्वारा भब्य सम्मान


नेपाल कोरिया न्युज डट कम सम्बाददाता
२०१२ सेप्टेम्बर ४
यहि सेप्टेम्बर १ का दिन दक्षिण कोरियाको राजधानी सउलको सदेमुन स्थित नोङ्ह्यप जुङआङह्वे भवनमा आयोजित २२ औं ईल्गा अवार्ड समारोहमा नेपाली समाजसेवी पुष्पा बस्नेतलाई यस बर्षको ईल्गा यङ अवार्ड प्रदान गरियो । सन् १९८९ देखि प्रत्येक बर्ष आयोजना गरिएको सो अवार्ड समारोह अन्तरगत युवा अवार्ड समारोह भने चौथो पटक गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गर्भवतीबीच भुँडी देखाउन तछाडमछाड


गर्भवती भएपछि जिउ ढाक्ने ग्वाम्लाङ्ङ ठूला लुगा लगाउनु पर्छ, छरितो लुगा लगाएमा त लाजमर्नु नै हुन्छ भन्ने मान्यता छ हामीकहाँ । गर्भवती महिलाले आफ्नो बढेको पेट दुनियाले देख्लान् की भनेर पछ्यौरीले भएपनि लुकाउने प्रयास गर्छन् । तर लुकाउँदैमा कहाँ पो लुक्थ्यो र बढेको पेट ? पढ्नेक्रम जारी राख्नुहोस्

टुरिष्ट भिषामा नेपालीलाई खाडी जान प्रतिबन्ध


२० भदौ, काठमाण्डौ – नेपालले टुरिष्ट भिषामा नेपाली नागरिकहरुलाई खाडी मुलुकहरुमा जान प्रतिबन्ध लगाएको छ । युरोप, अमेरिका र अन्य बिभिन्न मुलुकमा पठाउने भन्दै मानवतस्करहरुले नेपाली कामदारलाई भिजिट भिषामा खाडी मुलुकहरुमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि अध्यागमन बिभागले यस्तो प्रतिबन्ध लगाएको हो । केही समय प्रतिबन्ध लगाएर त्यसको प्रभाव अध्ययन गरिने बिभागका महानिर्देशक सुरेश अधिकारीले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

१६ वर्षमै यौन सम्पर्क गरेवापत किशोरीलाई १०० कोर्रा


माले, भदौ २० (एजेन्सी) – उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

विभिन्न विद्यार्थी सङ्गठनद्वारा मूल्यवृद्धिको विरोध


काठमाडौं, भदौ २० – विभिन्न विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज बिहान विरोध प्रदर्शन गरेका छन्। अनेरास्ववियु र नेविसङ्घलगायतका विद्यार्थी सङ्गठनले प्रदर्शनीमार्गमा जुलुसहित नाराबाजी र प्रदर्शन गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्