गैर आवासिय नेपाली सँघ कुवेतको “प्रेस विज्ञप्ति”


मिति: ०३ सेप्टेम्बर २०१२

आदरणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गैर आवसीय नेपाली संघ, कुवेतको तर्फवाट सामुहिक लगानीको लागि हार्दिक अपिल गर्दछौं । “नेपालको लागि नेपाली” भन्ने मुल नारालाई आत्मसात गरि नेपालीको हकहितको लागि पहिलो प्राथमिकता बोकेको गैर आवसीय नेपाली संघले फेरि नेपाली श्रमिकहरुलाई सामुहिक लगानी मार्फत आफ्नो पसिनाको कमाईलाई सदुयोग गर्ने मौका दिएको कुरा यसै विज्ञप्ती मार्फत पुन. सार्वजनिक गर्दछौं । तसर्थ: सम्पूर्ण कुवेतवासी नेपाली श्रमिकहरु, समाजसेवीहरु, सँघ-संस्थाहरु र पत्रकारहरुलाई यही आगामी ०७ सेप्टेम्बर २०१२ शुक्रबारका दिन, मालियाको होटल एसिया-एसियामा दिनको ठीक १.०० बजे उपस्थित भई यसै बिषयको अन्तरक्रिया कार्यक्रममा भाग लिई लगनीको विधी, उपाए तथा त्यसवाट हुन सक्ने लाभको ’boutमा जानकारी लिन/दिन नछुटाउनु हुन हार्दिक अनुरोध गर्दछौं । साथै, हाम्रो थोरै लगानीवाट देश विकाशमा टेवा पुग्ने तथा आफ्नो लगानी पनी सुरक्षीत हुने यस्तो सुर्वण मौका पुनश्व नआउने हुँदा तपाईंहरुको उपस्थिति तथा सल्लाह, सुझाव अत्यावश्यक रहेको गैर आवासीय नेपाली संघ, कुवेतले ठान्दै तोकिएको समयमा यहाँहरुको उपस्थितिको लागि पुन अनुरोध गरिन्छ ।

कल्याण कुमार श्रेष्ठ
महासचिव
एवं गैर आवसीय नेपाली संघ, कुवेत परिवार

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.