कुवेतमा तिजको रौनक जताततै, बृहत् साँस्कृतिक धमाकाको तयारीमा कोसेली परिवार..


कुवेतनेपाल, एड्मिन

४ सेप्टेम्बर २०१२ । नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई भने यो अवसरबाट बञ्चित हुन नपरेको अनुभव छ वहाँहरुसँग । कुवेतमा सार्वजनिक रुपमै तिजे कार्यक्रमको आयोजना गर्न कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले शुरुवात गरेको हो । मनु मगरको अध्यक्षतामा स्थापना भएको साँस्कृतिक मञ्चले वहाँकै अध्यक्षतामा जब यो कार्यको थालनी गर्‍यो शायद कमै कुवेतवासी नेपालीहरुले मञ्चको तारिफ नगरे होलान । महिलाहरुलाई हमेशा नि:शुल्क प्रवेश गराईने कुवेतको तिज बिशेष कार्यक्रम यस वर्ष भने अलमुल्ला एक्सचेन्ज कम्पनिको प्रायोजनमा कोसेली परिवारले आयोजना गर्न लागेको हो । कुवेतको तिज बिशेष कार्यक्रमलाई सफल बनाउन नेपालदेखी नेपालकी सुपरस्टार गायीका कोमल ओली, अर्की चर्चित गायीका तथा कार्यक्रम प्रस्तोता सुनिता दुलाल र हट सेक्सी हिरोईन तथा मोडल नन्दिता केसी कुवेत आउने पक्कापक्की भएको कोसेली समुहका प्रमुख तथा तिज बिशेष कार्यक्रम-२०१२ कुवेतका संयोजक सुजन केसीले कुवेतनेपाल डटकमलाई बताए ।

तिज जस्तो महत्वपूर्ण जसमा व्यापक नेपाली दर्शकहरुको उपस्थिति रहने कार्यक्रम त्यो पनि महिलाहरुलाई नि:शुल्क, हुँदाहुँदा नेपालदेखी ३/३ वटा चर्चित कलाकारहरु ल्याउँदै हुनुहुन्छ कतै ठुलै आर्थिक संकटमा त तपाईंहरु पर्नु भएको छैन भन्ने हाम्रो जिज्ञासामा यसको पूर्ण जिम्मेवारी प्रायोजक अलमुल्ला एक्सचेन्जले लिएको छ । अलमुल्ला जस्तो कुवेतकै एक प्रतिष्ठित कम्पनीलाई यति ठुलो लगानीका लागि प्रेरित गर्नमा कोसेली परिवार मात्र नभै नेपाली राजदूतावास कुवेत र महामहिम राजदूत स्वयमको एकदमै ठुलो भूमिका रहेको र वहाँको यस हार्दिकतापूर्वक सहयोगलाई कहिल्यै भूल्न नसकिने संयोजक केसीले बताए ।

नेपालदेखी तिज विशेषका लागि राष्ट्रिय रुपमै स्थापित चर्चित महिला कलाकारहरुको जमात नै कुवेत आउने भएकोले यसपालीको तिजे कार्यक्रम साँचै नै कुवेतको इतिहासमा सुनौलो अक्षरले लेखिने र कार्यक्रम अवश्य पनि भव्यसभ्य हुने अडकलवाजी सम्पूर्ण कुवेतवासी नेपालीहरुले गरेका छन । स्पोन्सरशिपका लागि महिनौं देखी अलमुल्ला एक्सचेन्जलाई मनाउन रातोदिन खटिएका संयोजक केसीले कार्यक्रममा समाजका विभिन्न तप्कामा रहेर काम गर्ने समाजसेवी कुवेतवासी नेपालीहरुबाट सहयोगको लागि देखाईएको चासो र प्रस्तावको उनले खुलेर प्रशंसा गर्दछु भने । १४ सेप्टेम्बर २०१२ शुक्रबारका दिन, कुवेतको होटल एषिया-एषियामा हुने कार्यक्रमका लागि कलाकारहरु कोमल वली, नन्दिता केसी र सुनिता दुलाल १३ सेप्टेम्बरमा कुवेत आएर १६ सेप्टेम्बरका दिन नेपाल फर्कने छन ।

कुवेतनेपाल डटकमलाई संयोजक केसीले दिएको जानकारी अनुसार सेप्टेम्बर १३ का दिन नेपाली कलाकारहरुका लागि वेलकम पार्टी हुने र जसका लागि कुवेतका पुराना व्यवशायी तथा कोसेली समुहका सक्रिय सदस्य शिब कोईरालाले स्पोन्सरशिप गर्ने भएका छन । अतिथी कलाकारहरुको खानपान सत्कारका लागि सामाजिक व्यक्तित्व अमर गुरुङ र लक्ष्मी गुरुङले जिम्मा लिएका छन । विगतमा घोषणा गरिएअनुसार यसपाली कार्यक्रम हलमा नै महिला दर्शकहरुको लागि दर खुवाउने कार्यक्रम समेत राखिएको छ र सो का लागि मगर सँघ कुवेतका अध्यक्ष मित्र सिंजाली र माउन्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष धर्मराज गिरीले स्पोन्सरशिप गर्ने छन । तीज बर्ष दिनमा एक पटक मात्र आउने र कुवेतमा नेपाली महिलाहरुको संख्या पनि धेरै भएको साथै आफ्ना दिदीबहिनीलाई दाजुभाईले दर खुवाउने हाम्रो धार्मिक एवं परम्परागत प्रचलन रहेकोले पनि मैले यो सहयोग गर्ने घोषणा गरेको हुँ मित्र सिंजालीले भने ।

दर खुवाउने तिजको रन्कोलाई अरु रोमान्चक र महिलाहरुको खुशीमा थप उर्जा भर्न साडी पनि वितरण गरिनेछ यसका लागि मगर संघ कुवेतकी आरक्षण महिला उपाध्यक्ष सुश्री किरण आले र नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमालले स्पोन्सरशिप गर्ने छन भने कार्यक्रम हलमा पेप्सी र जुसको व्यवस्था मगर सँघ कुवेतका उपाध्यक्षद्धय मनु मगर र हिरा दर्लामीले गर्नेछन । यसैगरी चीसो पानीको व्यवस्थापनको जिम्मा मगर सँघकै कोषाध्यक्ष बसन्त थापाले गर्नेछन । कार्यक्रममा सुरक्षा र त्यसको समुचित व्यवस्थापन निक्कै चुनौतिपूर्ण र महत्वको हुने भएकोले सो कार्यको जिम्मा अलअमाना सेक्युरिटी कम्पनीका सहायक अप्रेशन म्यानेजर होमनाथ गिरीले लिने भएका छन । प्राप्त खबरअनुसार कार्यक्रमको व्यवस्थित व्यवस्थापनको लागि २५ जना सुरक्षा गार्डका साथ उनी त्यहाँ तैनाथ रहने छन । सुरक्षा प्रयोजनकै लागि सुल्तान कम्पनीका डिबी लोप्चनले पनि आवश्यकता हेरी सुरक्षा गार्डको प्रबन्ध गर्ने बताएका छन ।

तिज विशेषको लागि स्वयम सेवकको भूमिका भने नेपाली चालक भलाई कोष कुवेतका पदाधिकारी निर्मल थापाले लिएका छन भने अतिथी तथा स्थानिय कलाकारहरुको व्यवस्थापनको काम कोसेली समुहका जिम्मेवार भद्र व्यक्तित्वहरु ईन्द्र प्रसाद पोखरेल र ठाकुर प्रसाद पौडेलले लिएका छन । कार्यक्रमको आपतकालिन उद्धार तथा मेडिकल सहयोगका लागि जनजाग्रिती युवा समाज कुवेत तैनाथ रहने जनाईएको छ जसको जिम्मेवारी समाजका  अध्यक्ष दिपक क्षेत्रीले लिने भएका छन । कार्यक्रमको लागि स्टेजमा लगाईने व्यानर जनप्रगतिशिल मन्च कुवेतले स्पोन्सर गर्ने भएको छ भने अतिथीका लागि व्याज तयारीको सम्पूर्ण खर्च चर्चित लोक गायक तथा लालीगुराँस साँस्कृतिक परिवारका उपाध्यक्ष राजेन्द्र विरहीले लिएका छन । कोमल वलीलाई कुवैत ल्याउने खबर फेसबुक मार्फत सार्वजनिक गरिए देखी नै आफ्नो तर्फबाट ५० केडी आर्थिक सहयोग गर्ने घोषणा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सदस्य बम बहादुर विष्टले फेसबुक मार्फत नै गरेका छन ।

यसैगरी तिज विशेष कार्यक्रमलाई सफल बनाउनका लागि मिडिया पार्टनरका रुपमा नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम र छापा पत्रिका मरुभूमिको कोसेली प्रचार प्रसारमा जुटेका छन । अतिथी कलाकारहरुको प्रस्तुतीका विचमा हुने विश्रामको समयमा नेपालकुवेत साँस्कृतिक मन्चका साथमा कुवेतका अन्य चर्चित प्रतिभाहरुले समेत आ-आफ्नो कलाहरु प्रस्तुत गर्ने जनाईएको छ । महिलाहरुका लागि नि:शुल्क रुपमा प्रवेश दिईने उक्त कार्यक्रममा पुरुषहरुका लागि भने अलमुल्ला एक्सचेन्ज मार्फत पैसा पठाए बापत पाउने पास देखाउन अनिवार्य छ । प्राप्त खबर अनुसार नेपालकुवैत साँस्कृतिक मन्च र अन्य सँस्थाका उत्कृष्ट स्थानिय कलाकार तथा गायकहरुले अभ्यास गरिरहेको जनाईएको छ । कार्यक्रम स्थल भित्र र ’round समेत मदिराजन्य पेय पदार्थ सेवन नगर्न आयोजकले अनुरोध गरेको छ । विशेषगरी भिआईपीहरुको उपस्थिती रहने भएकाले यस पटकको कार्यक्रममा सुरक्षा व्यवस्था निक्कै कडा रहने जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूताबास कुवेतका महामहिम राजदूत मधुवन पौडेल हुनु हुनेछ । आयोजक समितिले कुवेतमा रहेका दाजुभाईहरुलाई आ-आफनो ठाउँबाट सहयोग गरि महिला दिदीबहिनीहरुको महान पर्व तिजलाई सफल बनाउन अनुरोध समेत गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.