लडाकु समायोजनको अन्तिम टुंगो लगाउन विशेष समितिमा छलफल जारी


१८ भदौ, काठमाण्डौं – समायोजन रोजेका माओवादी लडाकुको समायोजन कार्यलाई अन्तिम रुप दिन सेना समायोजन विशेष समितिको बैठक बसिरहेको छ । सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा जारी बैठकमा लडाकु समायोजनका मापदण्डमा विवादित विषयको टुङ्गो लगाई सेना समायोजनको प्रक्रिया सुरु गर्ने विषयमा छलफल भर्इरहेको छ ।

वैठकमा समायोजनका विवादित विषयमा विशेष समितिको सचिवालयले दिएको प्रस्तावका विषयमा पनि छलफल हुनेछ । सेना समायोजनको मापदण्ड पुरा नगर्नेलाई स्वैच्छिक अवकास वा पुनःस्थापनाको विकल्प रोज्न लगाउने, यसअघि अवकास गएकाहरुलाई रकम वितरण गर्ने विषयमा आजको बैठकले टुङ्गो लगाउने छ । सचिवालयले अवकास रोज्ने लडाकूका लागि तीनवटा विकल्प पेश गरेको छ ।

भदौ २१ गतेबाट भर्ना र छनौटको प्रक्रिया सुरु हुने भएकाले त्यसअघि मिलाउनुपर्ने प्राविधक विषयमा आज छलफल हुने विशेष समिति सदस्य काङ्ग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले  जानकारी दिनुभयो । समायोजन रोजेका ३ हजार १ सय २३ लडाकूहरु अहिले विभिन्न १५ वटा शिविरमा बसिरहेका छन् । भर्ना छनौट समितिले ५ हप्तामा समायोजनको सबै काम सक्ने गरि तालिका बनाइसकेको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.