अग्लो सगरमाथा र होचो मृतसागर एउटै टिकटमा


रुबी रौनियार, काठमाडौं, भदौ १८- दुई देशबीचको भाइचारा सम्बन्ध र मित्रता दर्शाउने अनेक तरिका हुन सक्छन्। नेपाल र इजरायलले मित्रता बढाउन नयाँ आयाम जोडेका छन्- हुलाक टिकटमा। नेपालले सर्वोच्च शिखर सगरमाथा र इजरायलले सबैभन्दा होचो मृतसागर (डेड सी) लाई सँगै जोडेर संयुक्त हुलाक टिकट प्रकाशन गर्न लागेका हुन्। दुवै देशमा प्रयोगमा ल्याइने यस्तो टिकटमा मंगलबार पहिलो टाँचा लगाइँदैछ।

 दुई देशका जनताबीच घनिष्ठता बढाउन सगरमाथा र मृतसागरको तस्बिर अंकित हुलाक टिकट ल्याउन लागिएको काठमाडौंस्थित इजरायली दूतावासका कामु मिसनप्रमुख आदम लिभेनले बताए।

टिकटको माथिल्लो भागमा सगरमाथा, तल्लो भागमा मृतसागर अंकित छन्। दुवै देशको झन्डा पनि यसमा राखिएको छ। टिकटको मूल्य नेपालमा ३५ रुपियाँ र इजरायलमा स्थानीय ५ सेकल (करिब एक अमेरिकी डलर) तोकिएको छ।

दूतावासले मंगलबार रसियन कल्चर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा दुवै देशका सरकारी प्रतिनिधिले संयुक्त रूपमा टिकटमा टाँचा लगाउने आदमले जानकारी दिए। उनका अनुसार नेपालका तर्फबाट सञ्चारमन्त्री राजकिशोर यादव र इजरायलका तर्फबाट राजदूत हानानले औपचारिक छाप लगाएर साँझ साढे पाँच बजे (इजरायली समय दिउँसो दुई बजे) टिकट प्रयोगको शुभारम्भ गर्नेछन्।

‘नेपालमा रहेको ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा र इजरायलमा रहेको समुन्द्री सतहबाट ४ सय २२ मिटर गहिरो मृतसागर अंकित टिकटले दुई देशको मित्रता अझ मझबुत बनाउन सघाउनेछ,’ आदमले नागरिकसँग भने, ‘त्यसैले यो ऐतिहासिक कार्य हो।’
हुलाक सेवा विभाग, डिल्लीबजारका सहायक सचिव निरन्जन रिसालले सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मंगलबार दुवै टिकटमा प्रथम दिवसीय टाँचा लगाउने जनाए।

टिकट प्रकाशनले दुवै देशका ऐतिहासिक विश्व सम्पदाको प्रचार हुने उनले दाबी गरे। बजार आवश्यकता र स्टकअनुसार टिकट मूल्य निर्धारण गरिएको रिसालले खुलाए। ‘वस्तुहरु विदेश पठाउ”दा ३५ रुपैयाँभन्दा बढी लाग्ने टिकट दस्तुरमा यसको प्रयोग हुन्छ,’ उनले भने, ‘टिकट संकलकका लागि पनि यो महŒवपूर्ण हुनेछ।’

सञ्चारमन्त्री यादवले सगरमाथा र मृतसागर अंकित टिकटले दुई देशको ऐतिहासिक महŒव झल्काउने बताए। ‘दुवै देशको ऐतिहासिक सम्पदाको गरिमा झल्काउने टिकटमा प्रथम दिवसीय टाँचा लगाउने अवसर मिलेकोमा गर्व लागेको छ,’ उनले नागरिकसँग भने, ‘यसले दुई देशबीचको सम्बन्ध जनस्तरमा प्रगाढ बनाउने सकारात्मक पहल गर्नेछ।’ यसले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सघाउने मन्त्री यादवले बताए।

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.