Daily Archives: 02/09/2012

कक्षा १२ मा ३८ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तिर्ण


१७ भदौ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकालयको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ३८ दशमलव ५८ प्रतिशत अर्थात ८९ हजार १ सय २५ विद्यार्थी उत्तिर्ण भएका छन् । गत वैशाखमा भएको परीक्षामा २ लाख ३० हजार ९ सय ६४ परीक्षार्थी सहभागी भएका थिए । परिषद्का अनुसार ५ सय १५ को परीक्षा रद्ध गरिएको छ भने १० परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?


आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर, मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन । अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका सिकाउँदैछौं । पढ्नेक्रम जारी राख्नुहोस्

टास्कफोर्सप्रति म्यानपावर ब्यबसायी आक्रोशित


१७ भदौ, काठमाण्डौ – बैदेशिक रोजगारीका भइरहेका ठगी नियन्त्रणका लागि सरकारले हालै गठन गरेको टास्कफोर्सप्रति म्यानपावर ब्यबसायी आक्रोशित भएका छन् । गृहमन्त्रालय सहसचिव शंकर कोइरालाको नेतृत्वमा रहेको टास्कफोर्सका कारण रोजगारीका लागि बिदेशिने कामदारले दुःख पाउन थालेको म्यानपावर ब्यबसायीको दावी छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले कब्जा सम्पत्ति फिर्ता नगर्ने


सम्पत्ति कब्जाको नीति बनाउन दबाब दिने
प्रकाश तिमल्सिना, काठमाडौं, भदौ १७ – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले भूमिगतकालमा तत्कालीन माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता नगर्ने, बरु राज्यले नै जग्गा र सम्पत्ति कब्जाको नीति बनाउन दबाब दिने भएको छ।राजधानीमा शुक्रबारबाट जारी पार्टी केन्द्रीय समिति बैठकमा सरकारलाई बुझाउने मागपत्र’bout छलफल जारी छ। बैठकमा बाँडिएको ५५ बुँदे मागपत्र ‘अत्यन्त गोप्य’ राख्न भनिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

त्रियुगा खोलाको बाँध भत्किँदा ५ सय घर डुबानमा


सप्तरी, भदौ १७ – वर्षासँगै आएको बाढीले त्रियुगा खोलाको बाँध भत्काउँदा सप्तरीको ओद्राहा गाविस डुबानमा परेको छ। आज बिहान ५ बजेतिर जिल्लाको ओद्राहा गाविस-१ बोचहीस्थित त्रियुगा खोलाको बाँध भत्किँदा ओद्राहा गाविस-१, २, ३ का साथै ४ को बोचही र ५ को बनिगामा डुबानमा परेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्