एक-दुई दिनमै सहमति जुट्छ : प्रचण्ड


१६ भदौ, जनकपुर – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापना कुन वाटोवाट जाने भन्ने टुंगो एक दुई दिनमै लाग्ने वताउनु भएको छ । उहाँले प्रमुख तीन दलवीच संविधानसभाको नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापना के गर्ने भन्ने विषयमा छलफल चलिरहेकाले र केही दिनमै सहमतिमा पुगिने वताउनु भयो ।

शनिवार विहान जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रचण्डले विवादित विषयमा केन्दि्रत भएर गम्भीरतापूर्वक छलफल भइरहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गम्भीर छलफल गरिरहेका छौँ । ती विषयमा एमाले र काँग्रेस पनि सहमतिमा आउने सम्भावना बनेको छ ।’ प्रमुख तीन दलवीच राष्ट्रिय सहमतिको सरकार गठनतका विषयमा कुनै विवाद नै नरहेको तर त्यसका लागि सहमति आवश्यक भएको बताउनु भयो ।

उहाँले प्रमुख तीन दलवीच सहमति नभए ताजा जनादेशका लागि निर्वाचनमा जाने’bout छलफल हुने वताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञाशाको जवाफ दिदै प्रचण्डले राष्ट्रपतिले अत्यावश्यक विधेयक’bout केही नबोलेर गतिरोध अन्त्य गरी सहमति खोज्न चाहेको स्पष्ट पार्नुभयो ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.