बुधबल गुरुङ, दोहा, कतार – नेपालीहरुको लागि बैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य कतारमा यस बर्ष खुल्ला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईल अल अधा (बक्री ईद) को अवसर पारेर तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले सो कार्यक्रमको आयोजना गर्न लागेको हो
तमू समाज कतारका अध्यक्ष बिमल गुरुङको संयोजकत्वमा कार्यक्रम आयोजक समिति गठन गरिएको कुरा तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष टक प्रसाद गुरुङले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्