Monthly Archives: अगस्ट 2012

प्रधानमन्त्री भट्टराई इरानतिर


के गर्दैछन, कसलाई भेट्दै छन् तेहरानमा ?
१३ भदौ, काठमाण्डौं – इरान नजान अमेरिका, युरोपेली मुलुक र इजरायलको चर्को दबाबवीच प्रधानमन्त्री डा. बाबुराम भट्टराई असंलग्न राष्ट्रहरुको १६ औं शिखर सम्मेलनमा भाग लिन आज इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ ।भोलीदेखि सुरु हुने असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री भट्टराई १४ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार विहान दोहा हुँदै तेहरान प्रस्थान गर्नुभएको हो ।
पढ्नेक्रम जारी राख्नुहोस्

संविधान सभाको पुनर्स्थापना या निर्वाचन गराउने निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई


बालकृष्ण अधिकारी, काठमाडौं, भदौ १३- मुलुकमा जारी संवैधानिक र राजनीतिक सङ्कटको निकासका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । नयाँ बानेश्वरमा आज बिहान बसेको बैठकमा राजनीतिक संकट समाधानको लागि सहमितको विकल्प नभएको निष्कर्ष तीन दालका नेताले निकालेका छन् । उनीहरुले यो विषयमा सबै नेता प्रतिवद्ध भएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गैर आवासिय नेपाली सँघ कुवेतको जरुरी सूचना !!


मिति: २८ अगष्त २०१२

आदरणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

गैर-आवासिय नेपाली सँघले निकट भबिष्यमा नेपालको हाईड्रो पावर प्रोजेक्टमा सामुहिक रुपमा ठुलो धनराशीको लगानी गर्ने योजना रहेको तथा राष्ट्रिय समन्वय परिषद् कुवेतले समेत उक्त प्रोजेक्टमा सहभागीता जनाउने जानकारी गराउँदै, सम्पूर्ण इच्छुक कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सामुहिक तथा सुरक्षित लगानिमा सेयरको लागि सुर्वण अवसर रहेको गैर-आवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद् कुवेतको तर्फबाट सार्वजनिक गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

मित्रता युगल साँझका सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


कुवेतमा २४ अगष्त २०१२ का दिन, सफलतापूर्वक सम्पन्न भएको मित्रता युगल साँझका सम्पूर्ण सहयोगी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, नेपाली राजदूतावास कुवेत, गैर-आवासिय नेपाली सँघ, लालीगुराँस साँस्कृतिक परिवार, नेपालकुवेत साँस्कृतिक मञ्च, तामाङ घेदुङ कुवेत, वेष्टर्न युनियन मनी ट्रान्सफर, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, डिजे सहयोगी श्री धर्मराज गिरीज्यू, कलाकार राजेन्द्र बिरही, पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनप्रगतिशिल मंच यूएई सहित ,गोर्खाली सेवासमाज,एन.आर.एन. र आदिबाशी जनजाती युवा परिषद द्वरा संयुक्तरुपमा उद्दार


                                                                                                                                                            निमकान्त पाण्डे ,युएई –  नेपाली जनप्रगतिशील मंच ,यूएईले बिगतमा जस्तै प्रवासमा आएर विभिन्न  समस्यामा पर्ने नेपालीहरुको उद्दारमा अन्य संघ सस्थाहरुसंग समेत सहकार्य गर्दै दुई भिन्न-भिन्न सम्पर्कमा ३ नेपाली महिलालाई उद्दार गर्न सफलता हासिल गरेको छ । पहिलो घटना यही अगष्ट १९ तारिख को हो l पढ्नेक्रम जारी राख्नुहोस्

११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगितामा तीनवटा स्वर्णपदकको छिनोफानो सम्पन्न


पोखरा, ११ भदौ- कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा र·शालास्थित ब्याडमिन्टन कोर्टमा सञ्चालित ११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१६ ब्वाइज डबलतर्फको खेलमा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी र सुजन हिताङको जोडीले स्वर्णपदक प्राप्त गर्न सफल भएको छ।सोमबार भएको फाइनल खेलमा पोखरा एकेडेमीका प्रदीप अधिकारी र आदित्य कार्कीको जोडीलाई २३–२१ र २१–९ ले पराजित गर्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी र सुजन हिताङको जोडीले स्वर्णपदक प्राप्त गर्न सफल भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

“अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी तथा मोती जयन्ती कार्यक्रम सफलता पूर्वक सम्पन्न “


आचार्य प्रभा
डेन्भर /कोलोराडो
अगस्त २७- अ.ने.सा.स.कोलोराडो च्याप्टरले संचालन गर्दै आइेरहेको साहित्य सँगम कबि गोष्ठी अगस्त महिनाको कार्यक्रम तथा मोती जयन्ती यही २५ अगस्त शनिबारको दिन कोलोराडो च्याप्टरका महा सचिव राजु सिटौलाको आतित्थ्यमा कोलोराडो स्कुल अफ माइन्स(गोल्डेन)मा सफलता पुर्वक सम्पन्न गरियो। पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी नेपाली एकता समाज कोलोराडो अमेरिका


आचार्य प्रभा/डेन्भर
(कोलोराडो)

अगस्ट २७ बर्तमान नेपालको अस्थिर राजनैतिक ब्यवस्थाका कारण उत्पन्न धार्मिक,सामाजिक,आर्थिक अस्तब्यस्तताले मुलुक अन्योलको दलदलमा फँसेको सर्वबिदितै छ । यसप्रती चिन्ता र चासो राख्नु एक नेपाली भएको नाताले हामी सबैको कर्तब्य हुन आउँछ । पढ्नेक्रम जारी राख्नुहोस्