इरानी राष्ट्रपतिले भने- ‘नेपालप्रति गहिरो स्नेह छ’


तेहरान, भदौ १५- असंलग्न मुलुकहरुको शिखर सम्मेलनमा भाग लिन तेहरानमा आइपुगेका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुको सम्मानमा इरानी राष्ट्रपति मोहम्मद अहमनिदेजादले गएराति रात्रिभोजको आयोजना गरे। रात्रिभोजका क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेपाली प्रतिनिमण्डलसँग पनि राष्ट्रपति अहमनिदेजादले सम्मान प्रकट गर्दै नेपालप्रति गहिरो स्नेह रहेको बताए।

करिब चार घन्टा चलेको सो रात्रिभोजमा इरानी राष्ट्रपतिले सामूहिक र एकल कुराकानीसमेत गरेका थिए।

रात्रिभोजमा प्रधानमन्त्री भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल निरञ्जनमान सिंह बस्नेतको सहभागिता रहेको थियो।

तेहरानको प्रसिद्ध स्थान पर्सियन गल्फ हलमा आयोजित रात्रिभोजमा परम्परागत इरानी कला र नाच प्रस्तुत गरिएको थियो।

सो अवसरमा राष्ट्रपति अमनिदेजादले इरान सबै राष्ट्रसँग मित्रताको हात बढाउन चाहन्छ भन्दै कोही कसैसँग शत्रुता साँच्न आवश्यक नरहेको बताए।

यसैबीच प्रधानमन्त्री भट्टराईले असंलग्न मुलुकहरुको शिखर सम्मेलनका क्रममा हिजो संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनसँग भेट गरेका छन्। भेटमा अवरुद्ध संविधान निर्माण प्रक्रिया र जुन विन्दुबाट यो प्रक्रिया अवरुद्ध भएको थियो सोही विन्दुबाट सुरुवात गर्नुपर्ने भन्ने विषयमा विचार आदानप्रदान भएको थियो।

प्रधानमन्त्री भट्टराईले हिजै क्युबाका उपराष्ट्रपति तथा प्रतिनिधिमण्डलका नेता जोसे आर. माचोडा भेन्चुरालाई भेटी दुवै राष्ट्रले विभिन्न क्षेत्रमा प्राप्त गरेका अनुभव’bout विचार आदानप्रदान गरर्।

यसैगरी, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरान र बोलिभियाका आफ्ना समकक्षी क्रमशः अली अकबर सालेही र डाभिडा चोकेहन्ससँग द्विपक्षीय भेटवार्ता गरे।

Source: Nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.